|
|
करिब एक दशक दोहोरी साँझ सञ्चालन गरेर पछि गायन क्षेत्रमा आएका बराइलीले बि.सं २०६० सालमा पहिलो एल्बम ‘सम्झना छ मनैमा’ बजारमा ल्याएका थिए । आफुले गितसँगितको क्षेत्रमा आउनका लागि धेरै नै संघर्ष गर्नुपरेको बताउने बराइलीले धेरैपटक रुँदै पनि गित गाउन परेको बताए । शूरुका दिनहरुमा धेरैनै संघर्ष गर्नुप¥यो, गितसंगित लाई नै जीवन भनेको अगाडि बढेको छु, उनले भने ।
अहिलेसम्म पाँच वटा गित रेकर्ड गरीसकेका सुजनको पछिल्लो गित ‘रमाइलो गर्ने हो’ बोलको दसै गित राम्रै चर्चामा रहेको समाचार रोजगार बाणी साप्ताहिकमा प्रकाशित छ ।
साथै उनले आफ्नो अन्य गित भन्दा ‘अन्त नजर लाउन छोड्नेछ’ु बोलको गित लाई पनि दर्शक तथा स्रोताले धेरै नै मन पराइदिनुभएको बताउँछन् । संघर्षका साथ अगाडि बढदै गरेका सुजनले गित संगितमा हौसला दिने दाजुहरु कमल बराइली र चन्द्रप्रकाश बराइलीलाई सम्झन्छन् ।
बिगत लामो समय देखि अनाथ तथा असहाय बालबालिकाको सहयोग गर्दै आएका सुजनले भाविदिनहरुमा गितसंगित बाट आम्दानी हुने रकमको केहि भाग पनि सामाजिक कार्यमै लगाउने बताउँछन् ।
Post a Comment