|
|
विदेशी लगानी भित्र्याउन दिने तर, मुनाफा लैजानको लागि अनुमति माग्दा तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजाल लगायत दुरसंचार प्राधिकरणका पदाधिकारीले रोकेको भन्दै नेपालमा विदेशी लगानीको वातावरण नभएकोले सेयर बिक्री गर्न लागेको समाचार छ ।
पूर्वमन्त्री रिजालले मुनाफा विदेश लैजानको लागि घुस मागेको तर, एनसेलले दिन अस्वीकार गरेकाले अनुमति नदिएकै कारण रोकिएपछि कम्पनीको सेयर बिक्री गर्न बाध्य भएको एक सूत्रले बताएको छ ।
एनसेलको सेयर बिक्रीका लागि मलेसियन कम्पनीसँग पटकपटक वार्ता भइसकेको बुझिएको छ । एनसेलले आर्थिक वर्ष २०६८/६९ मा ११ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
आर्थिक वर्ष २०६८/६९ को रु ११ अर्बमा नेपाली सेयरधनी निरजगोविन्द श्रेष्ठको मुनाफा कटाएर बाँकी आठ अर्ब विदेश कटाउन खोज्दा संचार मन्त्रालयले दुरसंचार प्राधिकरणले राष्ट्र बैंक र राष्ट्र बैंकले उद्योग विभागबाट स्वीकृति चाहिने भनि रोकेका थिए ।
तर, मन्त्री रिजालले भने घुस नदिएकै कारण मुनाफा लान नदिएपछि टेलियासोनेरा मुनाफासहित कम्पनीको सेयर बिक्री गरेर देशर छाड्ने तरखरमा छ । -दृष्टि साप्ताहिक
Post a Comment