Headlines News :
Home » » नाका एकाएक सहज बन्दै, ठूलो परिणाममा इन्धन भित्रिदै

नाका एकाएक सहज बन्दै, ठूलो परिणाममा इन्धन भित्रिदै

Written By Unknown on Thursday, December 10, 2015 | 4:17 AM


मंसिर २४, काठमाडौं । भारत सीमासँग जोडिएका देशका मुख्य व्यापारिक नाकाहरु आज एकाएक सहज बनेको छ ।

आज दिउँसोसम्ममा विराटनगरको जोगबनी, नेपालगन्जको रुपैडिहा, काँकडभिट्टा–पानीट्यांकी, धनढीको गौरीफन्टा र भैरहवाको सुनौली नाका भएर सहज आपूर्ति हुन थालेका छन् । आज दिउसोसम्ममा विराटनगरको जोगबनी नाका भएर २३ ट्यांकर डिजेल, ८ ट्यांकर पेट्रोल, १४ बुलेट ग्याससहित ७० भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, नेपालगन्जको रुपैडिहा नाकाबाट १९ ट्यांकर डिजेल, ५ ट्यांकर पेट्रोल, ३ ट्यांकर हवाई इन्धन, ७ बुलेट ग्याससहित १ सय ६२ ओटा मालबाहक गाडी नेपाल भित्रिएको जनाइएको छ । त्यस्तै काँकडभिट्टाको पानीट्यांकी नाकाबाट विहीबार दिउँसोसम्म ३ ट्यांकर पेट्रोल, ७ ट्यांकर डिजेल, १ ट्यांकर मट्टीतेलसहित ५९ ओटा मालबाहक गाडी गाडी नेपाल प्रवेश गरेका छन् ।

उता धनगडीको गौरीफन्टा नाका पछिल्लो केहि दिनदेखि सहज बनेको छ । अन्य नाकाहरुका रोकिएका गाडीहरु पनि यो नाकाबाट प्रवेश दिइएको जनाइएको छ भने नेपाल आयल निगमको अनुसार उक्त नाकामा इन्धन सबैभन्दा सहज बनेको छ । निगमले मागेजति इन्धन उक्त नाकाबाट नेपाल भित्रिएका छन् । त्यस्तै भैरहवाको सुनौली नाकाबाट इन्धनका गाडी नभित्रिएपनि अन्य मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् ।

यसैबीच बाँकेको जमुनाहा नाका पनि सहज बनेको छ । सीमा क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ता भए पनि उनीहरुले अघिल्ला दिनमा जस्तो अवरोध पुर्‍याएका छैनन् । आज २ बजेसम्म यो नाकाबाट ग्यासका बुलेट ७ वटा, डिजल ट्यांकर १९ वटा, पेट्रोल ट्यांकर ५ वटा , हवाई इन्धन बोकेका ३ वटा र अन्य मालबाहक गाडिहरु १५० वटा भित्रिएका छन् ।

जमुनाहा नाका खुकुलो भएपछि बिहीबार मध्यान्हसम्म १५० वटा मालबाहक गाडिहरु भारतबाट नेपाल भित्रिएका छन् । केन्द्रले स्पष्ट निर्देशन नदिएका कारण सीमामा धर्ना दिन गएका मोर्चाका कार्यकर्ताहरु अन्यौलमा रहेकाले नाका खुकुलो पारिएको हो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger