|
|
खासमा के के फाइदा हुन्छ त नियमित कागती खाने गर्दा ? आउनुहोस् यसबारे केही जानकारी लिउँ ।
१. नियमित कागती पानीको सेवन गर्नाले शरीरको तौल सन्तुलन राख्न मदत गर्दछ ।
२. कागतीमा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने भएकाले हाम्रो शरीरको रोग प्रति लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ ।
३. कागती पानीले मात्रामा एन्टीबायोटिकको पनि काम गर्दछ ।
४.यसले मानिसको शरीरमा हुने अनावश्यक तत्वहरूलाई पसिनाको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ ।
५. रुघा खोकी, सामान्य ज्वरो जस्ता रोगहरूलाई निको पार्ने काम पनि कागती पानीले गर्दछ ।
६. कागती आफैँमा क्यालसियम, पोटासियम र फस्फोरसको श्रोत पनि हो । यसको नियमित प्रयोगले हाम्रो शरीरलाई चाहिने उक्त तत्वहरु उपलब्ध गराउँदछ ।
७. यसले क्यालसियम र अक्सिजनलाई सन्तुलित राखी कलेजोलाई बचाउने काम गर्दछ ।
८. शरीरको पाचन प्रणालीलाई बलियो बनाइराख्छ ।
९. दैनिक कागती पानीको प्रयोगले मृगौलाको पत्थरीबाट बचाउँछ ।
१०.सोच्ने स्मरण शक्ति बढाइ युरिक यसिड हुनबाट बचाउँछ ।
Post a Comment