Headlines News :
Home » » मुना थापा किन लागिन् भैसी र कुखुरा पालन तिर (भिडियो हेरौं)

मुना थापा किन लागिन् भैसी र कुखुरा पालन तिर (भिडियो हेरौं)

Written By Unknown on Wednesday, December 2, 2015 | 4:05 AM


मंसिर १६, काठमाडौं । गाउँको र शहरको कुराहरुलाई जोडेर गायिका मुना थापामगर र गायक किशोर लम्सालको सुमझुर स्वरमा एक लोक दोहोरी गित बजारमा आएको छ । शहरको जीवन भन्दा गाउँकै जीवन ठिक भन्दै रमाइलो शब्दहरुका साथमा बनाईएको सो लोकगितबाट सकारात्मक सन्देश जाने देखिन्छ ।
संगम डिजिटलको प्रस्तुतीमा किशोर लम्सालको गाउँकै जीवन ठिक छ बोलको उक्त गितमा गायिका मुना थापा मगर र किशोर लम्सालको मिठास स्वरले अझ राम्रो भएको देखिन्छ । लाखौं दर्शक तथा स्रोताको मनमुटुमा बसेकी गायिका मुना मुनालाई सामाजिक सञ्चालमा पनि ११ लाख भन्दा बढि शुभचिन्तकले साथ दिएका छन् । सार्वजनिक गितमा लय तथा शब्द भने सागर बिरहीको रहेको छ ।

करिब डेढ सय भन्दा बढि गितमा लय भरिसकेका सागरले अहिले यसगितलाई दर्शक तथा स्रोताले मन पराउनेमा बिश्वस्त देखिन्छन् । आर्टिस्ट खबरसँग कुरा गर्दै सागरले पछिल्लो समय गाउँघर छोडेर शहर पस्ने प्रवृति बढिभएकोले पनि सकारात्मक सन्देश दिनखोजेको बताए ।

भिडियोमा चर्चित कलाकार गणेश उप्रेती, रञ्जिता गुरुंग र धन बहादुर खड्काको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोलाई करन चैसिरले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger