Headlines News :
Home » » अर्कैको चक्करमा रहेकी सांसदसँग बहालवाला मन्त्रीले प्रेम प्रस्ताव राखेपछी...

अर्कैको चक्करमा रहेकी सांसदसँग बहालवाला मन्त्रीले प्रेम प्रस्ताव राखेपछी...

Written By Unknown on Tuesday, December 8, 2015 | 9:58 PM


मङ्सिर २३, काठमाडौँ । ‘मन्त्रीका लागि बिहे गर्न केटी चाहियो !’ यत्ति ६ वटा शब्द बोले पुग्छ, केटीको लस्कर टुँडिखेलले धान्दैन ।

तर, नेपाल सरकारका बहालवाला मन्त्रीका लागि दुलही माग्न गएका मान्छेले दुलही त ल्याएनन्, बरु महिलाकी आफन्तका कुरा सुनेर हिस्स पर्दै फर्किएका छन् । अहिलेको सरकारका एक मात्र अविवाहित मन्त्री हुन्, शेरधन राई ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेका ४५ वर्षीय उनी अनुहार र जिउडाल परेका युवा हुन् । अचम्म लाग्दो हो, त्यस्ता हट्टाकट्टा मन्त्रीले दुलही नपाएको कुराले । तर, लमी एक त शेरधनलाई जानकारी नदिई, त्यसमाथि अर्कै पार्टीकी नेत्री हेर्न पुगेका थिए । 

फेरि माग्नु पनि मिल्दोसँग नि, कम्युनिस्ट पार्टी नै भए पनि एमालेसँग कहिल्यै कुरा नमिल्ने नेपाल मजदुर किसान पार्टीकी नेत्री थिइन्, उनीहरूले विवाह गराउन चाहेकी महिला । सोझै उनीसँग होइन, उनका नेतासँग कुरा भयो । ती नेत्री थिइन्, सांसद् अनुराधा थापामगर ।

तर, नेमकिपाका नेताले अनुराधाका अरुसँगै कुरा चलेका कारण आश नगर्न सुझाव दिए । ‘तैपनि’ भन्दै एमाले कुरा कोट्याउन खोज्दै थिए, ‘केको तैपनि ?’ भन्दै नेमकिपाका नेताको हप्की खाएपछि चुप लागेर फर्किए ।

तर, यो घटना शेरधन मन्त्री हुनुभन्दा अघिको हो । दोलखाली सांसद पार्वत गुरुङ, ओखलढुंगे यज्ञराज सुनुवारलगायत साथीले लमी बनेर यस्तो प्रयास गरेका थिए ।

अर्को रमाइलो कुरा त के हो भने, आफ्ना लागि साथीहरू दुलही खोज्दै हिँडेको कुरा मन्त्री बनिसक्दा पनि शेरधनले चाल पाएका रहेनछन् । लमीले नेपकिपाका नेता प्रेम सुवालसँग कुरा गरेका थिए । सुवालले ‘तपाईंहरुले कुरा गर्न ढिला गर्नुभयो । उहाँको अन्तै कुरा चलेको छ’, भने ।

पार्टी विभाजनका बेला भोजपुरका सबैजसो वरिष्ठ नेता एमालेमा लागेपछि अखिलको केन्द्रीय सदस्य छँदै ०५६ सालको आमनिर्वाचनमा शेरधनले सांसद् जिते । त्यसबेला उनी २७ वर्षका लक्का जवान थिए ।

उसैबेला गाउँमा शेरधनको बिहेको कुरा चलेको थियो । तर, पार्टी फुटेर जिल्लामा नेताको खडेरी लागी सांसद् हुनुपर्ने भएपछि बिहेको फुर्सद् भएन । मन बहलाउन र समय काट्नुपरेमा तोङवा तान्दै मादल बजाएर नाच्छन् उनी । -आस्था साप्ताहिकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger