|
|
मङ्सिर २८, काठमाडौँ । पेट्रोलियम पदार्थको ठगीमा संलग्न भएको अभियोगमा नेपाल सरकारका सहसचिव र आयल निगमका डिपो प्रमुख पक्राउ परेका छन् ।
महानगरी प्रहरी अपराध महाशाखाले आइतबार सहसचिव रामाधार साह र निगमको थानकोट डिपो प्रमुख रवीनकुमार शर्मालाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले साहलाई गौशाला र शर्मालाई थानकोटस्थित डिपोबाटै फक्राउ गरेको थियो । कालोबजारी गरेको अभियोगमा पक्राउ परेका निजी पेट्रोल पम्पका सञ्चालक र ठगीका लागि रिमोट जडान गर्ने भारतीय मिस्त्रीको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको मशा खा का प्रमुख वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए ।
गौशालामा लुकेर बसेको अवस्थामा पक्राउ परेका साह गुणस्तर तथा नापतौल विभागका पूर्वमहानिर्देशक हुनु् । उनी हाल वातावरण मन्त्रालयमा कार्यरत छन् ।
साह करिब ८ वर्ष अघि विराटनगरस्थित नापतौलको क्षेत्रीय कार्यालयमा हुँदा इटहरीका व्यापारी ज्ञानीकुमार खड्काबाट २५ हजार रुपैया घुस लिँदालिँदै वाइसिएलको फँन्दामा पनि परेका थिए ।
त्यसबेला वाइसिएलले कालोमोसोको सट्टा अविर लगाएर प्रहरीको जिम्मा लगाएको थियो । व्यापारी ज्ञानीकुमार खड्काले घुस मागेको अडियो रेकर्डसहित अख्तियारमा उजुरी गरे । तर अडियो रेकर्डलाई अदालतले प्रमाण नमान्ने भन्दै अख्तियारले मुद्धा दर्ता भने गरेन । -राजधानी दैनिक
Post a Comment