|
|
पुस १३, प्यूठान । विप्लव नेतृत्वको नेकपा माओवादीले प्यूठानमा जग्गा कव्जा गरेको छ ।
प्यूठान नगरपालिका १४ बाग्दुला निबासी मिश्रण के सि वाट चुजा ६ का वुद्ध वहादुर जिसि को नाममा नामसारि गरिएको कि.न. १६१४ को ००.३५० वर्ग मि. क्षेत्रफल भएको जग्गा आफ्नो पार्टिले कव्जा गरेको माओवादीका जिल्ला सचिव रत्न वहादुर थापाले वताए ।
उक्त जग्गा किर्ते कागजात पेस गरि जि.सि. ले जग्गाधनि विनै आफ्नो नाममा नामसारी गरि अर्कैलाई वेचेको आरोप माओवादीले लगाएको छ ।
माओवादीले राप्रपा प्यूठानका उपाध्यक्ष, जिविस पुर्व उपसभापति एवं स्थानिय शान्ति समिति प्यूठानका पुर्व संयोजक समेत रहेका जि.सि. ले कोरा ]नक्कलि तमसुक वनाएको, पद र पहुँचको दुरुपयोग गरि जग्गाधनि विनै नक्कलि कागजात पेस गरि अरुको जग्गा आफ्नो नाममा पास गरेको, ऋण लगेर फिर्ता नगरेको लगायतका आरोपहरु लगाएको छ ।
आफुहरुले झण्डा गाडेर कव्जा गरेको जग्गा पार्टिले वास्तविक जग्गाधनि मिश्रण केसिलाई नै फिर्ता गर्ने र उनले भोगचलन गर्ने क्रममा कसैले अवरोध गरे त्यसको विरुद्ध सिंगो पार्टि उत्रने सचिव थापाले वताए ।
पार्टिमा निवेदन परे पश्चात् छानविन गर्दा जालसाजि भएको थाहा पाएपछी जग्गा कब्जा गरेको उनले बताए। जनतालाई अन्याय गरेको नसहने र समाजका भर्ष्ट घुसखोरी कालोबजारी तस्करी कसैलाइ नछोड्ने उनको भनाइ छ ।
प्रभाव संगको टेलिफोनमा संबादमा जग्गा कब्जा संगै जनकारबाही अगाडि बढाउने बताउदै सचिव थापाले भने ” जनकारबाही गर्ने दिन पनि आउदै छ अब, जनकारबाही गर्दै अगाडि जान्छौ।”पार्टिको केन्द्रीय नीति अनुसार जग्गा कब्जा गरि पार्टिको झन्डा गाडेको सो पार्टिले जनाएको छ ।
यस अघि पनि बिप्लब नेतृत्वको नेकपा माओबादिले बुद्ध बहादुर जिसिले किर्ते गरि आफ्नो नाममा बनाएको डेढ रोपनी जग्गा कब्जा गरि सुमित्रा जिसिलाइ फिर्ता गरेको थियो ।
जिसि लाई माओवादीले लगायका आरोपहरु यस्ता छन् ।
मिश्रण के.सी. ले वुद्ध वहादुर जि.सि. वाट मिति २०५९ चैत ७ मा ऋण भनि लिएको ८०,२७०(असि अजार दुई सय सत्तरि) चुक्ता गर्न जांदा सक्कलि तमसुक हराएको भनि गायव गरेको ।
– अदालतको समेत मानहानि हुने गरि प्यूठान न.पा. वाग्दुलामा रहेको कि.न. १६१४ को ००.३५० वर्ग मि. क्षेत्रफल भएको जग्गा लिलामको नक्कली कागजात तयार पारी उक्त जग्गा लिलाम गर्ने दुस्साहस गरेको ।
– नक्कलि तामिली पत्र तयार गरी गाविस सचिवको सहि समेत नक्कली गरी जग्गा हातपार्ने दुस्प्रयास गरेको। यसमा तत्कालीन जिल्ला अदालतका तामिलदार दामोदर गौतमको समेत संलग्नता देखिन्छ ।
– फिराद पत्र समेत २ वटा तयार पारि कानुनको उपहास गरेको ।
– यसरि झुट्ठा कागजपत्र वनाइ प्यू.न.पा. १४ वस्ने मिश्रण के.सि. को जग्गा हडप्ने र सम्पत्ति आर्जन खोज्ने भ्रष्ट हुन वुद्ध वहादुर जि.सि.
– निज वुद्ध वहादुर जि.सी. को सम्पत्ति आर्जन गर्ने वदनियतपुर्ण कुकार्यले उनको व्याक्तित्व र सामाजिक प्रतिस्ठा नस्ट भएको छ। उनि समाजको कलंकित मान्छे पनि वनेका छन् । यस्ता प्रवृत्तिको विरुद्ध संघर्ष गर्न समाजका सवै प्रवुद्ध नागरिक र न्यायप्रेमि जनसमुदाय समेत लाग्नुपर्ने वर्तमानको सामाजिक दायित्व वन्न पुगेको छ ।
-सलिम अन्सारीsatabi.comबाट
Post a Comment