Headlines News :
Home » » विप्लव नेतृत्वको नेकपा माओबादीले यस्ता काम गर्दैछ

विप्लव नेतृत्वको नेकपा माओबादीले यस्ता काम गर्दैछ

Written By Unknown on Wednesday, December 23, 2015 | 2:55 AM


पुस ८, काठमाडौँ । नेकपा माओवादीले आफ्नो पार्टी पुनर्गठन गरेको एक वर्ष पुरा गरेको छ । यस अवसर पारेर संयुक्त मोर्चा र जनसत्ताको स्वरुप रहेको जनपरिषदको पनि गठन गरिसकेको छ ।

नेकपा माओवादीले अब नयाँ खालको क्रान्तिको ठोस तयारी गर्दै अधि वढ्ने निष्कर्ष निकालेको छ । यो नयाँ क्रान्ति विगतको भन्दा फरक ढंगले गरिने वताइएको छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशा
अनुसार अब नयाँ खालको क्रान्तिकारी संघर्ष गरिने र त्यसको ठोस तयारीमा पार्टीको सबै पंक्ति लाग्न थालेको वताइन्छ । नयाँ क्रान्तिमा सेना प्रहरीलाई नछुने र उनीहरुलाई पनि नयाँ क्रान्तिमा लाग्न अपिल गरिने वताइन्छ ।

पहिलो चरणमा सरकारको विभिन्न पदमा रहेर भ्रष्टाचार गरेर अकुत सम्पति थुपारेका राजनैतिक दलका नेताहरु र ठूला कर्मचारीहरुमाथि जनकारवाही तथा विभिन्न खाले कारवाही गरिने छ ।

अख्तियारले देखावटी रुपमा मात्र कारवाहीको नाटक गरिरहेको, मुख्य नेताहरु र अति भ्रष्ट भनेर वदनामहरु माथि कारवाही नगरेको हुनाले पनि नयाँ ढंगले भ्रष्टाचारीहरु माथि जनकारवाही थाल्नु पर्ने जनताको माग अनुसार नै यस्तो नयाँ कारवाही गरिने छ ।

नेपालको श्रोत साधन कब्जा गरेर विदेशी पूजीपति पोस्ने तथा विदेशी पूँजीपतिको दलाली गर्ने दलाल पूँजीपतिहरु र नोकरशाही पूँजीपतिहरुमाथि पनि जनकारवाही गरिने गरीने छ ।

साथै भारतीय विस्तारवादी पूजीपतिहरुलाई नेपालवाट हटाई स्वाधीन अर्थतन्त्र निर्माणको थालनी गर्न नेपालको नदी नाला लगायतका श्रोत साधन कब्जा गर्न आएका पूँजीपतिहरुको कारोवार बन्द गराउने गरी जनकारवाही तथा अन्य विभिन्न खाले कारवाही गरिने गरीने छ ।

मधेशमा जसको जोत उसको पोत नारा अन्तरगत मधेशी, पहाडी र भारतीय जमिन्दार र सामन्तहरु विरुद्ध क्रान्तिकारी किसान संघर्षको तयारी नेकपा माओवादीले गर्न थालेको छ । -ratonewsबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger