Headlines News :
Home » » बाटोमै तेल बेच्ने ७ वटा ट्याङकर नियन्त्रणमा

बाटोमै तेल बेच्ने ७ वटा ट्याङकर नियन्त्रणमा

Written By Unknown on Tuesday, December 22, 2015 | 3:31 AM


पुस ७, धादिङ । अबैध रुपमा बीच बाटोमा तेल बेचेको आरोपमा आज पृथ्वीराजमार्ग अन्तरगत धादिङ जिल्लाको धार्केबाट ७ वटा डिजेल बोकेको ट्याङकर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याङकरको  शिल तोडी राजमार्गका होटल साहुहरुलाई तेल बेचेको आरोपमा ट्याङकर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

१२ हजार लिटर डिजेल बोक्ने क्षमताको ७ वटा ट्याङकर  र चालकलाई  नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ट्याङकरको शिल तोडी  कति परिमाणमा तेल बेचेको हो भन्ने अहिलै सम्म यकिन हुन सकेको छैन ।अन्नपूर्ण पोष्ट अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger