Headlines News :
Home » » राप्ती समितिका दुई वटा वस चोरमारामा जुधे, ६५ बढी घाइते (नामवलीसाहित)

राप्ती समितिका दुई वटा वस चोरमारामा जुधे, ६५ बढी घाइते (नामवलीसाहित)

Written By Unknown on Saturday, December 12, 2015 | 1:24 AM


मङ्सिर २६, तुलसीपुर । गएराति कपिलवस्तुको कावासोतीमा राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका दुई वटा रात्री वस आपसमा ठोक्नि पुग्दा ६५ बढी  घाइते भएका छन् । घाइते मध्य अधिकाँस यात्रु दाङ कै हुन ।

दाङवाट काठमाडौं जाँदै गरेकोे ना ५ ख ३१०१ नम्वरको वस र काठमाडौंवाट दाङ तर्फ आउँदै गरेका ना ५ ख ३७७७ नम्वरको वस एक आपसमा ठोक्किदाँ उक्त दुर्घटना भएको थियो । राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका डायल इञ्चार्ज प्रकास भट्टका अनुसार दुर्घटनामा परी ना ५ ख ३७७७ नम्वरको वसका चालक अम्मर चलाउने गंभिर घाईते भएका छन् ।

उनी लगायत ३९ जनाको डन्डा स्थित मध्यविन्दु हस्पिटलमा उपचार भइरहेको छ । घाईते मध्य दुई जनालाई काठमाडौं र तीन जनालाई नारायणघाटको सिएमसि अप्तालमा उपचारका लागि लगिएको छ । सामान्य अवस्थाका अन्य घाइते भने उपचार पछि फर्किसकेको वताइएको छ ।

शुक्रवार राति साढे १२ बजेतिर उक्त दुर्घटना भएको ना ५ ख ३७७७ नम्वरका गाडि धनि भूपेन्द्र चालउनेले जानकारी दिए । गाडि धनि चलाउनेका अनुसार नवलपरासीको चोरमारा चरङ्गे भन्ने स्थानमा सिमसिम पानी परिरहेको समयमा दुबै गाडिको व्रेक नलाग्दा उक्त दुर्घटना भएको थियो ।

नारायणघाटमा कार्यरत राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका कर्मचारी भेषराज लोहनीका अनुसार नवलपरासीको डण्डा स्थित मध्यविन्दु हस्पिटलमा शुक्रवारको मध्यरातमा दुई वटा वस आपसमा ठोक्दिा सबै भन्दा धेरै दाङ र सल्यानका यात्रु घाईते भएका छन् । शनिवार मध्यान्ह १२ बजेपछि सम्म ३९ जनाको उपचार भइरहको छ ।
डन्डा स्थित मध्यविन्दु हस्पिटलमा उपचार गराइरहेको ३९ जना को-को हुन हेर्नुहोस,  नाम र ठेगाना साहित

१)लक्ष्मण वुढाथोकी –सल्यान –वर्ष २२
२) पुन्य प्रशाद दाहाल –झापा–वर्ष ४४
३) शिवला कुमाल–दाङ–वर्ष ५२
४) दिपक गिरी –दाङ–वर्ष २६
५)बद्रिनाथ (थर र उमेर खुलेको छैन)–दाङ
६) लेखवहादुर तामाङ–दोलखा – वर्ष ३३
७) देवी पुन – सल्यान –वर्ष २१
८)सरोज अधिकारी –तुलसीपुर दाङ– वर्ष ३२
९)जंगवहादुर वुढाथोकी –सल्यान – वर्ष २३
१०)दुर्गालाल विक –रुकुम – वर्ष २४
११) सेते घर्ती – रुकुम – वर्ष २१
१२)कृष्ण केसी –सल्यान – वर्ष २५
१३) रविन्द्र पुन – रोल्पा – वर्ष २३
केसी र पुनलाई १२ वजे पछि मात्रै डन्डावाट नारायणघाटको सिएमसी अस्पतालमा थप उपचारका लागि रेफर गरिएको कर्मचारी भेषराज लोहनीले जानकारी दिए ।
१४) गणेश राई–सोलुखुम्वु–वर्ष ३५
१५) रेखा सिंह – दाङ– वर्ष ३७
१६) ओमवहादुर बुढाथोकी–दाङ– वर्ष ४७
१७) कृष्णवहादुर चौधरी–दाङ– वर्ष ५३
१८) घनश्याम पुन –सल्यान –वर्ष ३३
१९)चन्द्रलाल वुढाथोकी–सल्यान– वर्ष ४४
२०) तुलवहादुर रोका–सल्यान – दाङ– वर्ष २२
२१) समिक्षा चौधरी – दाङ– वर्ष २४
२२) सृजना चौधरी–दाङ – वर्ष ….
२३) छिनकली चौधरी–दाङ..–.. वर्ष …
२४) दिपक विसी – दाङ –वर्ष २५
२५) अमर रावत –दाङ– वर्ष –३२
२६) बद्री डाँगी – तुलसीपुर दाङ– वर्ष ३५
२७) दिवाकर वागचन – तुलसीपुर दाङ– वर्ष ३१
२८) सन्तु जिवी – तुलसीपुर हापुर दाङ– वर्ष २०
२९) सुनिल विसी –दाङ– वर्ष २४
३०) सुर्य वुढाथोकी – सल्यान – वर्ष २५
३१)कुलवीर चौधरी– दाङ– वर्ष २२
३२) सुशिल वुढाथोकी – सल्यान– वर्ष ३५
३३) विनोद न्यौपाने – दाङ–वर्ष २६
३४) शोभा गन्धर्भ–तुलसीपुर दाङ
३५) शान्ता गन्धर्भ – तुलसीपुर दाङ
३६) रितु गन्धर्भ – तुलसीपुर दाङ– वर्ष –७

राप्ती समितिका कर्मचारी भेषराज लोहनीले गन्धर्भ तीनै जनोका नारायणघाटमा सिएमसी हस्पिटलमा उपचार भइरहेको जानकारी दिए । उनले दुई जनाको कावासोतिमा , थप तीन जनाको नारायणघाटको सिएमसी हस्पिटलमा र थप दुई जनालाई थप उपचारकालागि काठमाडौं रेफर गरिएको जानकारी दिए । 

अलि गंरिभ घाईते ७ जनाको भने नाम र पहिचान खुल्न नसकेको लोहनीले तुलसीपुर अनलाइनलाई जानकारी दिए । उनले डन्डा स्थित मध्य विन्दु हस्पिटलमा उपचार गराई रहेका अन्यको अवस्था भने सामान्य वन्दै गएको जानकारी पनि दिए । अन्य सामान्य घाईते भने उपचार पछि घर फर्किसकेको समेत उनले बताए । तुलसीपुर अनलाईनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 2 comments

December 12, 2015 at 11:56 PM

सबै घाइते मित्र हरु मा सुस्वस्थय एबम दिर्घयु को कमना

December 12, 2015 at 11:57 PM

सबै घाइते मित्र हरु मा सुस्वस्थय एबम दिर्घयु को कमना

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger