Headlines News :
Home » » दिल्लीले शुभसंकेत नदिएपछि मधेसी मोर्चा घुँडा टेक्दै

दिल्लीले शुभसंकेत नदिएपछि मधेसी मोर्चा घुँडा टेक्दै

Written By Unknown on Thursday, December 10, 2015 | 6:52 PM


मङ्सिर २५, काठमाडौँ । भारतबाट बुधबार राति फर्केका मधेसी मोर्चा नेताहरू निकै लचिलो रूपमा प्रस्तुत भएका छन् ।

यसअघि संसद् अवरुद्ध गरेर बैठक अघि बढ्न नदिएका मोर्चाका नेताहरूले बिहीबार प्रमुख तीन दलसँग वार्तामा संसद्बाट पुनर्निर्माण विधेयक पारित गराउन सहमति जनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीको आह्वानमा सिंहदरबारमा भएको वार्तामा सत्ता पक्षले विधेयक अघि बढाउने वातावरण बनाउन गरेको आग्रहलाई मोर्चाले मानेको हो ।

संविधानप्रति असन्तुष्ट रहँदै आएको मोर्चा नेताहरूले भूकम्पले सिर्जना गरेको संकट मानवीय संवेदनशीलताको विषय भएको भन्दै विधेयक पारित गर्न सहमति जनाएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । ‘अन्य विषयमा भने भोलि (शुक्रबार) छलफल गर्ने गरी बैठक सकिएको छ,’ उनले भने ।

समय र स्थान तय नभए पनि सरकारमा अवरुद्ध दलहरू र कांग्रेसबीच अनौपचारिक छलफलपछि मोर्चालाई खबर गरिने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । -कान्तिपुर दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger