|
|
माइनस तीन डिग्रीसम्म पुगेको दोलखाको चिसोले एक सातामा ६ जनाको ज्यान लिइसकेको छ ।
दोलखाको दक्षिणी गाविस डाँडाखर्क ८ का ९५ वर्षीय धनराज तामाङ, झुले ७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले ४ की ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीया लालबहादुर तामाङ, जफे १ की ७९ वर्षीया भद्रकुमारी पोखरेल र बुलुङ ८ का ६२ वर्षीय भक्तवहादुर मगरको मृत्यु भएको छ । उनीहरुको चिसोकै कारण मृत्यु भएको परिवारका सदस्यले बताए ।
बिहीबार राति खाना खाएर टहरामा सुत्न गएका डाँडाखर्कका धनराज तामाङलाई शुक्रवार विहान मृत अवस्थामा फेला परेको स्थानीय शम्भु केसीले बताए । गाउँमा भएका धेरै बृद्धबृद्धा चिसोका कारण बिरामी परेको उनले जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले भने यस विषयमा जानकारी नआएको बताए । अन्नपूर्ण पोस्टबाट
Post a Comment