Headlines News :
Home » » सल्यानका २९ वटा गाउँघर क्लिनिकहरुलाई स्वास्थ्य सामग्री प्रदान

सल्यानका २९ वटा गाउँघर क्लिनिकहरुलाई स्वास्थ्य सामग्री प्रदान

Written By Unknown on Saturday, February 27, 2016 | 8:56 PM


सल्यान फागुन १६ । सुआहारा कार्यक्रमले सल्यानमा ८ गाविसका २९ वटा गाउँघर क्लिनिकहरुका लागि १ लाख मूल्य बराबरको सामग्री प्रदान गरेको छ । सुआहारले जिल्ला स्वास्थय कार्यालय सल्यानमार्फत् सो सामग्री हस्तान्तरण गरेको हो ।

ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकीसम्म पहुँच पुग्न नसकेका समुदायका लागि गाउँघर क्लिनिकबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । गाउँघर क्लिनिकबाट प्रदान गरिने सेवाहरुलाई व्यवस्थित गर्नका लागि सामग्री प्रदान गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक पवन योगीले जानकारी दिनुभयो ।

युएसएआइडिद्वारा सञ्चालित सुआहारा कार्यक्रमले प्रदान गरेका सामग्रीहरुमा रक्तचाप मापन यन्त्र, वच्चाको तौल मापन गर्ने मेसिन, डिजिटल थर्मामिटर, गर्भवति महिलाको तौल मापन गर्ने मेसिन, प्राथमिक उपचार वाकस, कैची र नामावली सहितका फल्याक्स व्यानर रहेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख डा.मनिषा रावलले उक्त सहयोगले स्थानीय क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुलाई काम गर्नका लागि ऊर्जा थपिने बताउनुभएको छ । यस्तै सुआहारा कार्यक्रमले स्वास्थ्य र सरसफाई क्षेत्रमा टेवा पु¥याउनका लागि जिल्लाका ४१ वटा स्वास्थ्यचौकीमा वाल्टी, वाँटा, र सावुन प्रदान गरेको जनाएको छ । -dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger