|
|
भूकम्पले ध्वस्त भग्नावशेषलाई स्मारकका रूपमा सुरक्षित राखी त्यससँगैको टकसार रहेको जग्गामा म्युजियमसहितको नयाँ धरहरा बनाउने सोच रहेको पुरातत्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरेले बताए ।
‘तर’ उनले भने, ‘यसअघि जियो टेक्नी इन्जिनियर, स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्चर, पुरातत्वविद्, स्टकहोल्डर र इतिहासविद्हरुसँग छलफल गरी निक्र्यौल निकालिने छ ।’
पुनर्निर्माणमा साबिकझैँ चुन, सुर्की, चाकु आदी प्रयोग गर्ने वा आधुनिक सिमेन्ट, डन्डी आदी प्रयोग गरी ढलान गर्ने भन्नेबारे पनि छलफलले नै निक्र्यौल गर्ने उनले बताए । कान्तिपुर दैनिकबाट
काठमाडौँ १४ फागुन– धरहराको पुनर्निर्माणका लागि ड्रइङ डिजाइनको काम पुरातत्व विभागले थालेको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पमा धरहरा भत्किएको थियो । ड्रइङ डिजाइनका लागि विभागले गत आइतबार सार्वजनिक सूचना प्रकाशित गरी इच्छुक परामर्शदाताबाट आवेदन आह्वान गरेको हो ।

Post a Comment