Headlines News :
Home » » दुधले के काम गर्छ ? कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ? डा.भगवान कोइरालाको यस्तो छ टिप्स !

दुधले के काम गर्छ ? कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ? डा.भगवान कोइरालाको यस्तो छ टिप्स !

Written By Unknown on Monday, March 28, 2016 | 2:19 AM


कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई, भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो, जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्‍याउछ ।

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । 



१०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।

दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ । दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ ।

त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ । यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ ।

अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ । चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ । त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ ।

त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ । दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ । दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।

डा. भगवान कोइराला नामको फेसबुक पेजबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger