Headlines News :
Home » » ओलीले नेपाललाई डुबाउने मोदीसँग यस्तो सम्झौता गरेका रहेछन !

ओलीले नेपाललाई डुबाउने मोदीसँग यस्तो सम्झौता गरेका रहेछन !

Written By Unknown on Wednesday, March 9, 2016 | 7:39 PM


फागुन २७, काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर नेपालतर्फ पठाइएको बिजुली जम्मा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ ।

पाँच महिनाका लागि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भए पनि नेपालले उक्त प्रसारणा लाइन उपयोग गरेबापत हरेक महिना साढे ८ करोड रुपैयाँ तिर्नुपर्ने सम्झौता गरिएको खुलेको हो ।
फागु्न ९ गते प्रधानमन्त्री केपी ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्रीले नयाँदिल्लीमा सयुक्त रुपमा स्विच दबाएर ८० मेगावाट बिजुली नेपाल पठाएका थिए । तर, दुई देशका अधिकारीले आगामी जुनसम्मका लागि भारतीय प्रसारण लागइनमार्फत बिजुली पूरै वर्षभरिको रकम तिर्नुपर्ने सम्झौता गरेर नेपाललाई ठूलो आर्थिक नोक्सानी भएको छ ।

नेपाल विद्युत प्राधिकरणको अर्थ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार उपयोग नभए पनि तिर्ने (टेक अर पे) का आधारमा गरिएको सम्झौताअननुसार प्राधिकरणले मासिक साढे ८ करोड रुपैयाँका दरले प्रसारण शुल्क (विलिङ चार्ज) बापतमात्र वर्षको एक अर्ब दुई करोड रुपैयाँ तिर्नुपर्नेछ । सात महिना उक्त प्रसारण लाइनबाट बिजुली नै आउँदैन ।

‘जुनपछि नेपालका नदीनालामा पानी भरिएर पूर्ण क्षमतामा उत्पादन हुने भएकाले त्यसपछि खरिद नगरिएको हो’, प्राधिकरणको विद्युत व्यापार महाशाखाका एक अधिकारीले भने । -अन्नपूर्ण पोष्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger