|
|
रमेश गौतम/चैत्र ३० सल्यान । गर्मियाम शुरु भएदेखी सल्यानमा साना ठूला गरी बिभिन्न २१ बनहरुमा आगलागी भएको छ । जिल्ला बन कार्यालय सल्यानका अनुसार ६ वटा ठूला जंगल र १५ वटा साना बनमा आगलागी भएको छ ।
गर्मियाम शुरु भएदेखी प्राय जसो सामान्य असाबधानीका कारण आगलागी हुने गरेका छन् ।धेरै ठाँउमा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना , नेपाल प्रहरी, जिल्ला बनका प्रतिनिधिहरुका साथै स्थानिय उपभेनत्ताहरु सक्रिय पूर्बक लागेको जिल्ला बन अधिकृत बिद्यानाथ झा ले जानकारी दिनु भयो ।
गर्मियाम शुरु भएदेखी प्राय जसो सामान्य असाबधानीका कारण आगलागी हुने गरेका छन् ।धेरै ठाँउमा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना , नेपाल प्रहरी, जिल्ला बनका प्रतिनिधिहरुका साथै स्थानिय उपभेनत्ताहरु सक्रिय पूर्बक लागेको जिल्ला बन अधिकृत बिद्यानाथ झा ले जानकारी दिनु भयो ।
आगो निभाउन प्रयास गरे पनि भौगोलिक बनावट लगाएतका कारणले समस्या हुने गरेको बताईएको छ । ४ वटा बनमा आगो निभाई सके पछि पनि पुन फेरी आगलागी भएको जिल्ला बन अधिकृत झा ले बताउनु भयो । केही दिन अघि कपुरकोट क्षेत्रमा लागेको आगलागी बाट केही घर समेत जलेका थिय । यता हिवल्चा लगाएतका क्षेत्रमा ठूलो मात्रामा आगलागी भैरहेको छ ।
यसैविच सदरमुकाम खलंगाको कवर्डहल आसपासमा लागेको आगो नेपाली सेना,नेपाल प्रहरी,चन्द्रपाला सामुदायीक वन समुह र जानकी महिला सामुदायीक वनका पदाधीकारी तथा उपभोक्ताको सक्रियता मा मगंलबार बेलुकीपख नियन्त्रणमा आएको बताईएको छ । आगलागी भएको खबर प्राप्त भएमा आफनो जनशक्तीले भ्याए सम्म प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख डि.एस.पि. श्याम बहादुर खत्रीले जानकारी दिनु भयो ।
यसैबिच गर्मि समयमा बिभिन्न बनमा आगलागीका कारणले धेरै हानी नोक्सानी हुने भएकाले त्यसको नियन्त्रणका लागी सबै एक जुट हुनु पर्ने एक कार्याक्रमका सहभागीहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय सितलपाटीमा बिभिन्न ४ सामुदायीक बनका पदाधिकारीहरुको उपस्थितीमा छलफल भएको थियो । छलफलबाट आगलागी नियन्त्रण गर्नका लागी सचेतना मुलक कार्याक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । इलाका प्रहरी कार्यालय सितलपाटीमा प्रहरी सहायक निरिक्षक तिलक शाहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा शाहले बालबालिकाले भेटाउने ठाउँमा सलाई, लाईटर जस्ता बस्तु नराख्न, खाना पकाई सकेपछि आगो राम्रो सँग निभाउन, चुरोटका ठुटाहरु जथाभाबी नफाल्न, फोहोर बस्तुलाई जलाउदा बिषेश सतर्कता अपनाउन आग्रह समेत गर्नु भयो । छलफल कार्याक्रममा मधु बन सामुदायिक बन , भूबनेश्वरी सामुदायिक बन , जानकी सामुदायिक बन र मुना सामुदायिक बनका अध्यक्ष लगाएत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Post a Comment