|
|
यहाँ ज्योतिष शास्त्रले मानिसको ब्यक्तित्व उनीहरुको ओठ हेरेर थाहा पाउने केहि टिप्सहरु दिएको छ । जो आठ प्रकारमा विभाजन गरि उल्लेख गरिएको छ । जोतिषी सास्त्रानुसार आठ प्रकारका ओठको बारेमा चर्चा गरिएको छ ।
१. मोटा ओठ: जुन् ब्यक्तिको ओठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा त समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् ।
२. रसिक ओठ: रातो रंगका चिल्ला र कलात्मक ओठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् ।
३. गुलाबी ओठ: गुलावी रंगका ओठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।
४. उठेका ओठ: कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ ।
५. तलपट्टी धसिएका ओठ: कतिपयका ओठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् ।
६. ठूला ओठ: ठूला ओठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् ।
७. संकुचित ओठ: कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् ।
८. ओठमा कोठी: कतिपयको ओठमा कोठी हुन्छ । यस्ता ब्यक्ति कामुक स्वभावका हुन्छन् र उनीहरुको मनमा हरदम कामुक विचार चलिरहेका हुन्छन् । उनीहरुमा विपरित लिङ्गीलाई प्रभावित गर्ने क्षमता पनि प्रवल हुन्छ । ओठको तल्लोभागमा कोठी हुनेहरुले कठिन परीश्रम गर्छन् किन भने यिनीहरुलाई सहजै आम्दानी हुन सक्दैन ।
Post a Comment