Headlines News :
Home » » दाङकि खीमाको शरिर अशक्त भएपनि सोचाइ कम छैन

दाङकि खीमाको शरिर अशक्त भएपनि सोचाइ कम छैन

Written By Unknown on Tuesday, June 21, 2016 | 10:57 PM


रेखा मगर/दाङ, ८ असार । दाङ सौडियार ५ जवरपुरकी खिमाशाहलाई वैशाखीको साहारामा यताउता हिड्दा मानिसहरु फर्केर हेरिरहन्छन । प्राकृतिक रुपमै शारीरिक अपाँगता शाहलाई समाजले जस्तो व्यवहार गरेपनि आफ्नो काममा ध्यान दिनुहुन्छ ।



झण्डै १८ वर्षदेखी कपडा सिलाउन सिक्नुभएकी खिमा सिलाईकटाईमा दक्ष हुनुहुन्छ । अपाँगता भएका व्यक्तिहरुको जीवनमा अफ्ठेराहरु त छँदैछन तर पनि खिमाले केहि गर्नुपर्छ भन्ने हिम्मत लिएर अघि वढिररहनुभएको छ ।

सिलाईकटाई पेशावाट मासिक २५ हजारसम्म आम्दानी गर्दै आएको उहाँको भनाई छ । आफ्नो लागी आफै वाँच्नुपर्छ भन्ने ३५ वर्षकी खिमाले महिलाहरु अब जसरी भएपनि आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ ।

आफुहरुजस्ता धेरै अपाङगताभएका व्यक्तिहरुलाई कहि जानुपर्दा न त गाडि नै रोकिन्छ, नत सहज वातावरण नै वन्न सकेको छ । राज्यका हरेक निकायमा जाँदा अपाँगमैत्री सेवाप्रवाह रसंरचना हुनुपर्छ भन्ने कुरा धेरै समयदेखी नउठेको हाईन ।

अपाँगता भएकाहरुलाई दया होईन अवसर दिन सके खिमा जस्ता धेरै शारीरिक अपाँगहरुले परिश्रम गरेर वाँच्न सक्छन । सरकारी तवरवाट आफु जस्ता अपाँगहरुका लागी केहि सहयोग नपाएको उहाँको गुनासो छ ।

शारीरिक रुपमा कमजोर भएपनि जीवनमा केहि गर्नुपर्छ भन्ने हिम्मत खिमाभित्र छ । समाजमा अझैपनि महिलाहरुलाई दोस्रो दर्जावाटै हेरिने उहाँको गुनासो छ ।त्यसमाथि अपाँगमहिलाहरु अवस्था त झन अफ्ठेरो नै छ ।

समाजको अपांगप्रतिको हेपाहा प्रवृत्ति अन्त्यहुन नसक्दा अफुहरु सधैं कमजोरको रुपमा गनिुिपरेको गुनासा उहाँ छन । तरपनि आफुले आफुलाइ कमजोर नसम्झेर अगाडी वढ्न सके समाजले दिएको आत्मलगानीको जवाफ दिन सकिने उहाँको तर्क छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger