Headlines News :
Home » » तुलसीपुरमा आजदेखि सुरु भएको फुटबल खेलमा जिल्ला फुटबल संघले जेसीजलाई ८ गोलले पछार्यो

तुलसीपुरमा आजदेखि सुरु भएको फुटबल खेलमा जिल्ला फुटबल संघले जेसीजलाई ८ गोलले पछार्यो

Written By Unknown on Thursday, June 2, 2016 | 10:41 PM


सौरभ सुवेदी, तुलसीपुर २१-जेठ । तुलसीपुरको अरनीको मैदानमा शुक्रवार देखि मैत्रीपूर्ण फुटबल सुरु भएको छ । खेल शनिवार सम्म चल्ने छ । तुलसीपुर बैंकर्स क्लवको आयोजना फुटबल सुरु भएको हो । विहान ८ देखि सुरु भएको उद्घाटन खेल तुलसीपुर नगर जेसीज र दाङ जिल्ला फुटबल संघका विचमा भएको थियो ।



खेलमा जिल्ला फुटबल संघले जेसीजको टिमलाई ० को विरुद्ध ८ गोल गरेको छ । जिल्ला फुटबल संघले मध्यान्तर भन्दा पहिला २ गोल र मध्यान्तर पछि थप ५ गोल गेरेको हो । जिल्ला फुटबल संघका लागि सुधिर गुरुङले गोलको खाता खोलेका थिए । त्यसपछि प्रकास रोकाले गोल थपेका हुन ।

खेलमा प्रशिक्षक समेत रेहका रोकाले ह्याट्रिक गरे । उनले दुई गोल मध्यान्तरपछि थपेका थिए भने सुधिर गुरुङले थप एक गोल थप्दै आफ्नो नाममा दुई गोलको रेकर्ड बनाए । त्यस्तै उक्त खेलमा जिल्ला फुटबल संघका लागि मध्यान्तपछिको खेलमा मञ्जित बाँठाले एक्लै दुई गोल गरे भने एक गोल शिवहरी शर्माले गरेका थिए । जिल्ला फुटबल संघका अगाडि तुलसीपुर नगर जेसीज निरही सावित भएको थियो ।

संघले ८ गोलको वर्षा गर्दा पनि जेसीजले एक गोलपनि फर्काउन नसकेको खेल प्रेमी केशव चौधरीले जानकारी दिए । तुलसीपुर क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरुको विचमा सम्वन्ध स्थापित गर्न अनि सामाजिक सदभाव कायम गर्नका लागि फुटबल आयोजना गरिएको तुलसीपुर बैंकर्स क्लवका सचिव रञ्जित कोईरालाले जानकारी दिए ।

मैत्रीपूर्ण फुटबलमा चार टिमविच प्रतिपर्धा हुँदैछ । विजेताले खसि उपहारको रुपमा पाउने छ । आयोजक तुलसीपुर बैंकर्स र रिपोटर्स क्लव दाङ शाखको विचमा शुक्रवार दिउँसो चारवजे खेल हुने छ । तुलसीपुर बैंकर्स क्लवका उपाध्यक्ष निरजराज भण्डारीको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको प्रमुख आथित्यमा मैत्रीपूर्ण फुटबलको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि रिजालले अम्पायरलाई फुटबल हस्तान्तरण गरेपछि खेलको सुरुवात भएको थियो । कार्यक्रममा स्वागत तुलसीपुर बैंकर्सका डिल्लीराज खनालले स्वागत मनतब्य राखेका थिए भने सचिव रञ्जन कोईरालाले सहजीकरण गरेका थिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger