|
|
जिल्लाको सिस्ने खोला र सेवार खोलामा अवैध रुपमा बालुवा उठाउँदै गरेको अवस्थामा टेक्टर , टिप्पर र स्काभेटर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिस्ने खोलामा बालुवा उठाउँदै गरेको अवस्थामा रा१त १२३२ र रा१त ११९२ नम्वरको टेक्टरलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
त्यस्तै सेवार खोलामा बालुवा उठाउँदै गरेको अवस्थामा रा१क १४५ नम्वरको टिप्पर र बा१क ९५१८ नम्वरको स्काभेटरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
Post a Comment