Headlines News :
Home » » दाङमा मध्यराती छोरीलाई छोडेर आमा पोईल गएपछि तीन बालिकाको बिचल्ली

दाङमा मध्यराती छोरीलाई छोडेर आमा पोईल गएपछि तीन बालिकाको बिचल्ली

Written By Unknown on Friday, June 10, 2016 | 6:23 AM


जेठ २८, दाङ  ।  मध्यरातमा छोरीलाई छोडेर आमा पोइल गएपछि दाङको तुलसीपुर -५ संगीत नगरमा तीन बालिका बिचल्लीमा परेका छन्  ।



दुई हप्ता अघि १३ बर्षकी जेठी छोरी सुनिता बिक, १० बर्षकी माइली छोरी गीता बिक र ७ बर्षकी कान्छी छोरी खुश्बु बिकलाई छोडेर आमा सरिता बिक पोइल गएपछि उनीहरुको बिचल्ली भएको हो  ।

साझ खान  खाएर सुतेका छोरीहरुले उठ्दा आमालाई नदेखेर रुन, कराउन थालेपछि पोइल गएको थाहा भएको स्थानीय रमेश बिकले जानकारी दिए  ।

बुबा विदेश गएपछि आमासंग नचिनेको मान्छे आएर बस्ने गर्दथ्यो सुनिताले भनिन 'त्यसैले लग्यो कि क्त्या हो  ।' हेरचाह गर्ने बुबा विदेश र आमा पोइल गएपछि अलपत्र परेका बालिकालाई छिमेकीहरुले सामान्य हेरचाह गर्दै आएका छन्  । कान्छी बहिनीले मम्मी खै भन्दै रुँदै गर्ने गरेको दिदि सुनिताले बताईन  ।

 बालिकाको अवस्था बुझ्न गएको संचारकर्मीसंग कुराकानी गर्दै कान्छी छोरी खुश्बुले भनिन' 'अंकल अंकल हाम्रो मम्मी कहिले आउनुहुन्छ ?' उनको प्रश्न भुईमा खस्न नपाउदै संचारकर्मीले बिहान बेलुका के खान्छौ ? भनि सोधेको प्रशनमा उनले भनिन ' कहिले खान्छौ कहिले भोकै सुत्छौ अंकल  ।'

खुश्बुले भन्निन, 'बाले फोनमा नारोयेरा बसे मा छिट्टै आउछु भन्नुभएको छ  । घरमा तीन छोरीको हेरचाह गरेर बसेकी श्रीमती उठेर पोइल गएपछि बिदेशमा तनाबमा परेका मनिरम्ले दिनहुँजसो चीमेकिलाई फोन गरेर विदेशबाट ३ लाख १० हजार रुपैया पठाइदिएको भन्दै प्रहरिलाइ भनेर झार्दिन आग्रह गरे गरेको छिमेकी गीता पुनले जानकारी दिईन  ।

बालिकाहरुले ज्ञानज्योति प्राबी स्कुलमा क्रमश: २, ५, र ७ कक्षामा पढ्दै आएका छन  । स्थानीयले सरितालाई पर-पुरुषसंग बसेको देखेपछि आगामी दिनमा गल्ती नगर्ने सर्तमा छाडेका थिए  । स्रोत: दाङखबर

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger