|
|
तुलसीपुर तर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ६३७१ नम्वरको वस र लु १ ख ६१८९ नम्वरको ट्रिप्पर आपसमा ठोक्किदा आधा दर्जन जति यात्रु घाईत भएको राप्ती समितिका भालुवाङ काउन्टरका कर्मचारी मोहन श्रेष्ठले जानकारी दिए ।
तर उनले ना ४ ख ६३७१ नम्वरको वस होकी ना ५ ख ६३७१ नम्वरको वस हो भन्ने एकिन हुन नसकेको बताए । चन्द्रौटा र इमिलीयाको विचको खैरनीपुर भन्ने स्थानमा विपरित दिशावाट आइरहेको वस र ट्रिप्पर आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
मंगलवार विहान ९ बजेरित दुर्घटना भएको हो । दुर्घटनामा पर्ने अधिकांस यात्रु दाङ निवासी नै रहेको बताइएको छ । तर त्यसको औपचारिक रुपमा पुष्टि भने हुन सकेको छैन । चन्द्रौटा प्रहरीले पनि उद्धार चलिरहेकोले घाइतेको नाम र ठेगाना खुलिनसकेको बताएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment