Headlines News :
Home » » दाङमा दुईवटा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते, एकजनालाई उपचारको लागि कोहलपुर लगियो

दाङमा दुईवटा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते, एकजनालाई उपचारको लागि कोहलपुर लगियो

Written By Unknown on Wednesday, June 22, 2016 | 10:13 PM


असार ९, दाङ । दाङको लमहीमा आज विहान २ वटा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते  भएका छन ।

फाइल तस्बिर
सत्यसाई फिलिम हल जाने वाटो र कोईलावास रोडमा विहान साढे ९ बजे रा ३ प ३९०६ नम्वरको मोटरसाईकल र रा ३ प ३०७६ नम्वरको मोटरसाईकल ठोक्कि नै लाग्दा चालकहरुले एक अर्कालाई छल्ने क्रममा दुईवटै मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

रा ३ प ३९०६ नम्वरको पछाडी सवार लमही नगरपालिका वडा नं. ८ अर्नहवा निवासी १७ बर्र्षीया सृष्टी मगर गम्भिर घाईते भएकी छिन् । मगर झण्डै दश मिटर पर सम्म मोटरसाईकलले घिसारेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

यस्तै रा ३ प ३०७६ नम्वरवको मोटरसाईकल चालक लमही नगरपालिका वडा नं ११ निवासी ५० वर्षीय सूर्यबहादुर खत्री पनि घाईते भएका छन् । तर उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । मगरलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि तत्कालै बाँकेको कोहलपुर रेफर गरिएको छ ।

तर खत्रीको भने प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए । रा ३ प ३९०६ नम्वरको मोटरसाईकल चालक वेला गाविस वडा नं. १ निवासी दुवेन्द्र माझीलाई भने चोट लागेको छैन् । प्रहरीले दुवै मोटरसाईकललाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger