|
|
स्थानिय स्तरबाट बहुउदेश्यीय सभागृह निर्माण गर्नका लागि २०६९ सालबाट महोत्सवको आयोजना गरि दाङ जिल्ला उद्योग बाणिज्य संघले पहल थालेको हो । तत्कालिन समयमा महोत्सवबाट संकलित ५० लाख रुपैयाँ बढी रकम छुट्याईएको छ ।
बहुबर्षिय आयोजना भित्र अब बृहत बहुउदेस्यीय सभागृह बन्ने गरी आगामी आर्थीक बर्षबाट काम सुरु हुने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले जानकारी दिए ।
घोराही नगरपालीका १० पुरानो बसपार्कमा बहुउदेश्यीय सभागृह बनाउने गरी नगर बिकास समिति सँग जग्गाको टुंगो लागेको छ भने तारबारको काम भएको छ ।
यसैविच राष्ट्रिय योजना आयोगको तर्फबाट घोराही मुर्कुटी सडक खण्डको स्तर उन्नतीका लागि सर्बे गर्न १० लाख रुपैयाँ बिनियोजन भएको छ । यसैविच दाङको बिभिन्न क्षेत्रको बिकासका लागि विभिन्न मन्त्रालय माफर्त आयोजना र कार्यक्रमका लागि १४ करोड ७१ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । तुलसीपुर अनलाइन
Post a Comment