Headlines News :
Home » » कुपोषणको क्षेत्रमा काम गर्ने सल्यानका संस्थाको लापरवाहिले बालिकाको मृत्यु

कुपोषणको क्षेत्रमा काम गर्ने सल्यानका संस्थाको लापरवाहिले बालिकाको मृत्यु

Written By Unknown on Tuesday, June 21, 2016 | 10:29 PM


डिल्लीराज रावत/असार ८, सल्यान । कुपोषणका क्षेत्रमा काम गर्ने गरी कार्यक्रम चलाइरहेको एक गैर सरकारी संस्थाको लापरवाहिका कारण सल्यानमा १ बालिकाको मृत्यु भएको छ ।



पोषणको क्षेत्रमा काम गर्ने आसमानले कुपोषित बालिकालाई पुर्स्थापना केन्द्रमा नपठाएका कारण सल्यानको पश्चिमी क्षेत्रमा पर्ने कालिमाटी काल्चे वडा नं ८ की ९ महिनाकी अस्मी खनालको मृत्यु भएको हो ।

सल्यानका ८ वटा गाविसमा विगत ५ महिना अगाडि देखि कुपोषण हटाउनलाई संचालनमा ल्याएको उक्त गैर सरकारी संस्थाले कुपोषित बच्चाको पोषण सुधारका लागि काम नगरेकाले बालिकाको ज्यान गएको बालिकाकी आमा चञ्चली खनालले जनाएकी छन ।

उनि भन्छिन – “आसमान नेपालबाट आउनुभएको सरले तौल नापजाँच गर्नुभयो, फोटोपनि खिच्नुभयो तर मेरो बच्चाको उपचारको लागि थप सहयोग कुनै गरि दिनुभएन ।” आसमानबाट खटिएका कर्मचारीले विवरण लगेको २ हप्ता वित्दासम्म उपचारको कुनै पहल नगरेका कारण बालिकाको ज्यान गएको उनले जनाएकी छन ।

यस अघि निमुनियाको विरामी भएकी छोरीको उपचारको लागी नेपालगञ्ज लिएको बताएकी उनले संस्थाले केहि हुदैन र आफुहरुले उपचारको लागि सहयोग गर्छौं भनेपछि ढुक्क भएकोले छोरी गुमाउनु परेको बताएकी छन । कालिमाटी काल्चेमा मात्रै ५ जना बालबालिकामा कडा खालको कुपोषण, १५ जनामा मध्यम खालको कुपोषण र सामान्य खालका धेरै कुपाषीत बच्चाहरुरहेका छन ।

यस बारेमा बुझ्दा संस्थाका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले २ हप्ता हैन आफ्नो जिल्लाको डाटा इन्ट्रि भएको ३ दिनमा नै बालिकाको मृत्यु भएको खबर आएको बताएका छन । आफुहरुले स्वयमसेविका र परिचालकहरुलाई तालिम दिएर काममा खटाइसकेको र अव त्यस्तो नहुने बताएका छन । कार्यक्रम संचालन भएको ३ महिना वितिसक्दा सम्म पनि भर्खर मात्रै तालिम दिएर काम कहिले गर्नुहुन्छ त भन्ने हाम्रो प्रश्नमा उनले यो शुरुवातीको चरण भएकाले काममा कठिनाई भएको बताएका छन ।

संस्थाले सल्यानका पश्चिमी क्षेत्रका ८ गाविसमा गरिव परिवारको पोषण सुधारको लागि भन्दै कार्यक्रम संचालन गरेको छ । सबै गाविसका महिला स्वास्थ्य स्वयमसेविका लाई तालिममा बोलाए वापत आसमान नेपालबाट प्रदान गरिने सेवा सुविधामा प्रदानमा पनि कन्जुस्याइ गरेको संस्थाको कार्यक्षेत्र रहेको गाविसका महिला स्वास्थ्य स्वयमसेविकाहरुले जनाएका छन ।

आसमान, लिवर्ड र आरआरएनले सल्यानमा एक भएर पोषण सुधारको कार्यक्रम संचालन गरिरहेका छन । संस्थाको कर्मचारी छनौटमा कुनै विज्ञापन नगरेको र संस्थाको सम्पूर्ण योजनामा राजनीतिक दल तथा नेताको प्रभावमा काम गरिरहेको यी संस्थाहरुमा आरोप लाग्ने गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger