|
|
यस्तो छ उनको ब्लग :
म १८ वर्षकी नेँहा कार्की हु । मेरो गतिविधीहरु जो कोहीलार्इ अनौठो लाग्नु स्वाभाबिकै होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोष छ । मेरा थुप्रै सपनाहरु थिए जुन सपनाहरु तपाई हामि बस्ने समाजले नै मारीदिएको छ ।
मेरो शरीर अझै पनि जीवित छ तर मेरो अस्मिता लुटिएको छ । कसरी समाज हत्यारा वन्न सक्छ भन्ने प्रश्न तपाइमा आउन सक्छ । तथापी समाज भन्नाले हामीलार्इ हुर्किन वढ्न र हिडडुल गर्न उपयुत्त वातावरण भएको ठाउँ भन्ने वुझिन्छ । तर मेरो सवालमा समाजले मेरो चरीत्र हत्या गरीदिएको छ र मेरो शरीर लाश जस्तै आत्मा विनाको वनेको छ ।
मेरो के नै गल्ती थियो र के महिला भएर जन्मनुनै एउटा अभिशाप हो त ? जसको ईज्जत शरीरको एउटा सामान्य अगं (योनी)मा हुँदोरहेछ । मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन म जस्ता अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता कुराहरुमा मौन देखीन्छन ।
तर के अव म न्याय नखोजी मौन बँसौ अह म न्याय खोज्छु भनी लागी परे तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत हुन पुगे ।मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी गर्ने दिन लेख्दैछु हाम्रो समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने कुरा सोध्नका लागी ।
के वलात्कृत हुनुमा मेरो दोषी छु त ? त्यसो भए मलाइ किन समाजमा घृणीत जीवन जीउन वाध्य छु ? जब बलात्कार गर्नेहरु केही दिनको जेल सजायपछि इज्जतदार र निर्भिकतासाथ समाजमा हिडडुल गर्दछन् ।किन हामि जस्ता महिलाहरुको इज्जत एउटा शरीरको सामान्य अगंमा राखीन्छ ? किन हामीले कानर्यदक्षताका आधारमा गरीँदैन ? के हाम्रो कामको मुल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत कसरी जोगीयो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ?
के पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिललाइ नंग्याउदा त्यहाँ मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलार्इ जुन प्रश्न म मेरो शरीरलार्इ विष पिलाउनु अघि राख्दैछु र म यो पुरुषप्रधान समाजको मुल्य मान्यता र वन्धनवाट टाढिदै छु । मेरो कामना छ अर्को जन्ममा म महिला नभइ पुरुष भइ जन्मन पाउ जसले गर्दा मेरो इज्जत योनीमा सिमीत नहोस । सद्भावन्युज बाट साभार
स्वेता महतोले लेख्नुभएको अंग्रेजीको ब्लग जस्ताको तस्तै पढ्नुहोस्
Post a Comment