Headlines News :
Home » » सिमेन्ट उद्योग रोक्न सकिएन भने  दाङ मरुभूमि हुन्छ, दाङलाई मरुभूमि बनाएर इण्डियाको विकास गर्ने काम मान्य हुँदैन

सिमेन्ट उद्योग रोक्न सकिएन भने  दाङ मरुभूमि हुन्छ, दाङलाई मरुभूमि बनाएर इण्डियाको विकास गर्ने काम मान्य हुँदैन

Written By Unknown on Saturday, June 25, 2016 | 9:47 PM


दाङमा पानीको  स्रोतको  अभाव बढ्दै  गएको  छ । अहिले  भूमिगतरुपमा रहेको  पानीलाई प्रयोग गरेर जिल्लामा पानीको  समस्या टार्ने  काम भइरहेको  छ । खाने पानीकै  क्षेत्रमा काम गर्ने हरुले  भूमिगत पानीको  सतह पनि वर्षेनि घट्दै  गएको  बताउँदै  आएका छन् । तर उपभो क्ताहरुलाई शुद्ध पिउने  पानी वितर ण गर्ने  लक्ष लिएर  स् थापना भएका खाने पानी संस् थाहरु आफै  जीर्ण अवस्थामा छन् । 

जिल्लाका जीर्ण आयो जना र  पानीका स्रोत संर क्षणका लागि भन्दै  जिल्लास्तरिय खानेपानी सञ्जालको  निर्माण समेत गरिएको  छ । यसको  काम र  पानीको  स्रोत संरक्षणका लागि गरिने  कामका विषयमा जिल्ला खानेपानी सञ्जालका अध्यक्ष खेम राज ओलीसँग युगबो धकर्मी जे.एन.सागरले गरेको कुराकानीको  संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

खाने पानी सञ्जाल के  हो  ?

दाङमा खाने पानी संस्थाहरु एकआपसमा जोडिएको  अवस्था थिएन । आ–आफ्नै  हिसाबमा छरिएर  रहेको  अवस्था थियो  । हुन त खाने पानीको  पनि एउटा साना शहरी खानो पानी उपभोक्ता महासंघ र  ग्रामीण खाने पानी महासंघ छ ।

यति  हुँदाहुँदै पनि दाङमा खाने पानीका समस्या, चुनौ ती र  अवसर  के  हुन् भन्ने बारे  कोही गम्भीर  भएको  देखिएन चाहे  त्यो  सरकार स्तरबाट पनि हामीले  त्यस्तो  पाएनौ । त्यसैले  यी सबै  चुनौतीर  अवसरका लागि अब एकजुट हुनुपर्छ भन्ने  विचार  केही साथीहरुमा आयो  र  हामि जिल्लास्तरिय भेला गरि सञ्जाल निर्माण गरेका हौ ।


कति हुनुहुन्छ सञ्जालमा ?
शुरुमा ५२ वटा संस्थाहरुको  सञ्जाल गठन गरिएको  हो  । हामीले  जिल्लाभरि  भएका खानेपानी संस्थाहरुलाई एक ठाउँमा ल्याउने, एकीकृत तथ्यांक निर्माण गर्ने काममा लागिरहेका छौ ।

सरकारीस्तरमा कुनै  ले खाजो खा छै न त्यसो  हुदा हामीले  सबैलाई एक ठाउँमा ल्याएर  केही गरौ भन्ने  सोच बनाएका छौ । करिब ७० वटा खाने पानी संस्था हाम्रो  सम्पर्कमा आइसक्नुभएको  छ । अरुलाई पनि हामीले  अपिल गरेका छौ ।

सेवामूलक संस्थालाई सञ्जालको आवश्यकता किन ? बिडम्बना हो  । राज्यले खाने पानी संस्थाहरुलाई पनि विभिन्न नाममा वर्गीकरण गरेको छ । अनुदानको  हिसाबले  सरकारी, अर्धसरकारी, फिप्टी–फिप्टी अनदान र  उपभो क्ताहरुले  नै  चलाउने गरि सञ्चालनमा आएका छन् ।

 यी संस् था सञ्चालनका लागि सरकारले  गर्ने  व्यवहार  फर क–फरक छ । जहाँ अनुदान आवश्यक छ त्यहाँ अनुदान परेको छैन । यहाँसम्म कि नामै  नभएका खाने पानी योजनामा बजेट विनियोजन गरेर राजनीतिक पावर  शो  गर्ने  काम पनि भइरहेको छ ।

यसले  सानातिना खानेपानी यो जना झन समस्यामा परेको देखिएको  छ । दुईचार वटा धाराका टुटी, थोरै पाइप नहुँदा सिंगो  संस्था बन्द भएका छन् ।

तिनीहरुलाई दुईचार  हजार  मात्रै  र कम उपलव्ध गराउंदा सिंगो  आयोजना चल्ने  अवस्था छ । तर  खै  राज्यस्तरबाट कुनै  सम्बोध गरिएको  अवस्था छैन । त्यसैले  यी सबै  कुराको अनुगमन, मूल्यांकन, वितर णका लागि पहल गर्ने  र  कम्तिमा जिल्लामा सञ्चालित खाने पानी संस्थालाई कति बजेट विनियो जन गर्ने  भन्ने  सन्दर्भमा सञ्जालमार्फत प्रभावकारी काम गर्न सकिन्छ भन्ने  हामीलाई लागेको छ ।

मूलरुपमा खाने पानी संस्था र  योजना नियमित सञ्चालन गर्नु भन्दा पनि पावर  शो  गरेर आफूखुशी खर्च गर्ने  कुरालाई रोक्न सञ्जालको आवश्यकता परेको हो  । खाने पानीका नाममा हुने  भ्रष्टाचार  पनि  रोक्न सञ्जाल चाहिएको  हो  ।

जीर्ण आयोजनाले  जीवन पाउने  भए उसो  भए ?
हो  । हामीले  अहिले  नै  के ही नमूना काम गरि सके का छौ  । सानो  समस्याका कारणले  आयोजना नै  बन्द हुने  अवस्था भएका संस्थाहरुलाई पुनर्जीवन दिने  काम गरेका छौ । टाढा जानुपर्ने  अवस्था छैन । घोराहीमै कुइरो पानी खानेपानी संस्थामा लाखौ रुपैया लगाएर  बोरिङ गरिएको छ ।

तर  विद्युत जडान हुन नसक्दा उपभोक्ताले  पानी खान पाएका थिएनन् । सञ्जालको  बैठकमा कुरा उठ्यो  । हामीले  पहल थाल्यौ । विद्युत जडान गरे खाने पानी चलेको  छ । हो , यस्तै  समस्यामा परेका संस्था र उपभो क्ताका लागि सञ्जाल क्रियाशील भइरहेको  छ ।

व्यावसायिक हितका लागि पनि हो  ?
हो इन । यो  व्यवसाय होइन । सेवामूलक कार्य हो  । र ात दिन नभने र  पानी संकलन, वितर ण, मर्मत सम्भार को  काम हामीले  गर्नुपर्छ । कुनै  धारामा पानी आएन भने  समितिमाथि प्रश्न उठ्छ, गाली गर्छन् उपभो क्ताहरुले  समिति, कर्मचारी  कहाँ गए भनेर  ।

 तर  त्यो  पनि स्वाभाविक हो  । हामीले  पानी खुवाउछौ भनेका छौ  । सेवा दिन्छौ भनेका छौ । त्यो  से वा एकछिन ढिलो  हुँदा पनि उपभोक्ताको  गाली खानुपर्छ हामी त्यसका लागि तयार  नै  छौ । तसर्थ हामीलाई व्यवसाय कति चल्यो  वा चलाउन के  गर्ने  भन्ने  चिन्ता भन्दा पनि सेवा कहाँ पुग्यो कहाँ पुगेन भन्नेमा हुन्छ ।

सुरक्षित पानीका लागि सञ्जालको  यो जना के छ ?

हामीले  सफा, पिउनयो ग्य पानी नै  उपभो क्ताहरुलाई वितर ण गर्दै  आएका छौ । दै निक पानीको  परीक्षण गरेर हामीले  शुद्ध पानीको  वितरण गरिरहे का छौ ।

म संलग्न तुलसीपुर  खानेपानीसंस् थाले  उपभो क्ताहरुको  खाने पानीको  अधिकार मा हामी गम्भीर  छौ । खर्चिलो  भए पनि नियमित पानी परिक्षणमा आफै ले  गरेर वितरण गरिरहेको छु । कतिपय आर्थिकरुपले  कमजोर  आयोजनाले त्यसो  गर्न नसक्लान्, तर  मैले  केमिकल सहयोग गर्न सक्छु ।

पानी ल्याउनुस्, परिक्षण गरेर मात्रै  उपभोक्तालाई पानी दिउँ भनिरहेको  छु । हामी उपभोक्ताको  शुद्ध पानी पिउने  अधिकार प्रति गम्भीर  छौ । तुलसीपुरमै  खानेपानीमा मेटासिट हालिदिएको  धेरै भएको  छैन नि । यो  भट्टेको  घटना हो  ।

अपराधिक मानसिकताको  मान्छेले  खाने पानीको  ट्यांकीमै  विष हालिदिएको  हो  । त्यो  अपराध हो  । हामीले  फोहोर  पानी वितरण गरेर उपभोक्ताहरुलाई गम्भीर  प्रकृतिका रोग वा महामारी फै लिएको  भन्ने  छैन । मैले  माथि पनि भने अपराधिक गतिविधिबाहेक हामीले  वितरण गर्ने  पानी शुद्ध हुन्छ ।

यसप्रति हामी जिम्मे वार  छौ। किनकि त्यही पानीको  धाराबाट हामी आफैले  पनि खाएका छौ । हाम्रा उपभोक्ताहरुले  खानुभएको  छ ।

पानीका स्रोतहरु पर्याप्त छन् दाङमा ?
पर्याप्त छैन । हामीले  व्यवस् थापन गरिरहे का छौ । यो  व्यवस्थापनले  पनि अब पुग्ने वाला छैन । किनभने  वर्षाको  पानी रिचार्ज हुन सकिरहेको  छैन ।

यही घोराहीकै  कुरा गर्ने  हो  भने  अहिले  क्रंक्रिट बढिरहेको  छ । जसले  आकाशे  पानी सिमेन्टमाथिबाटै  बगेर  जाने र  त्यसले  प्राकृतिक विपत्ति ल्याउने  गरेको छ । तसर्थ मेरो भनाइ के  छ भने  दाङमा पानीका लागि पानी संकलन केन्द्र स्थापना गर्नुपर्छ । त्यसका लागि दाङका खहरे  सबै  खोलामा हाइड्याम बनाउनुपर्छ ।

यसले  पानीको  रिचार्ज सहजै  हुन्छ । हाम्रा परम्परागत पानीका मुहानहरु पुनस् सुचारु हुनसक्छन् । जस्तो  पातुखो लामा प्रारम्भिक सर्वे  भइसके को  छ । सरकारले  अहिले  ग्वारखोलामा पनि ड्याम निर्माण गर्ने  भनेर  कार्यक्रम ल्याएको  छ । यति मात्रै  होइन सबै  खोलामा ड्याम बनाउनुपर्छ । अर्को  कुरा गिट्टी बालुवा उत्खनन् पनि रोक्नुपर्छ ।

प्राकृतिक सम्पदाको  दोहन रोक्न के  गर्नुपर्ला त ?
बिडम्बना मान्छेहरु पैसाका पछि लागेका छन् । यसले  समस्या ल्याएको  छ । प्रकृति उजाडिएको  छ । हो  पैसा चाहिन्छ जीवन चलाउनका लागि ।

तर  अकुत सम्पतिका लागि हामी आफै  विनाशतिर  लागेका छौ  । यो  रोक्नका लागि सबै  सचेत हुनुपर्छ । राज्याका नीति विधिको  कार्यान्वयन गर्नुपर्छ । अहिले  करोडौ ढुंगा, गिट्टी, बालुवा दैनिक उठिरहेको  छ । तर  त्यसको  राजस्व खै  कहाँ दाखिला गरि न्छ त ? छलछाम भइरहेको  छ ।

यस्ता गतिविधिबिरुद्ध सबै  एकजुट हुनुपर्छ । आज पैसा कमाइएला ।  भोलि घर आँगन नै  उजाड भयो  भने  हामी कसरि बाँचौला त ? सबै ले  सो च्नुपर्ने  बे ला आएको  छ ।

स्रोत जो गाउने  केही उपाय छन् ? 

पहिलो  कुरा दाङसँग जोडिएको महाभारत क्षेत्रको  चुनढुंगाको  उत्खनन् ररोक्नुपर्छ । चुनढुंगा नै  पानीको  पहिलो  स्रोत हो  । चुनढुंगा रहेन भने  पानी रहने छैन । विकास ल्याउनुपर्छ, तर  त्यो  विकासले  विनाशत ल्याउँदै  छैन ? अब सोच्नुपर्ने  बेला आएको  छ ।

अहिले  सञ्चालनमा आएका मात्रै  होइन मैले  सुनेको  छु दाङमा यीबाहे क अरु २० बढी सिमेन्ट उद्योगले  स्वीकृति लिइसकेका छन् । अब भन्नुस् एक, दुईवटा हुँदा यस्तो  समस्या छ भने  ती सबै  सञ्चालनमा ल्याउँदा के  हुन्छ ? त्यसै ले  नयाँ उद्योग कुनै  पनि हालतमा दाङमा लगाउन दिनुहँदै न ।

दाङबासी एकजुट हुनुपर्छ । अर्को  कुरा भइरहेका उद्योगलाई पनि निश्चित समयसम्म मात्रै  चल्न दिनुपर्छ । बर्षौसम्मका लागि दिनुहुँदै न । सिमेन्ट उद्योग रोक्न सकिएन भने  दाड मरुभूमि हुन्छ । नयाँ उद्योग लगाउन दिनुहँुदैन । त्यसबाहेक दाङका सबै  खहरे खोलामा हाइड्याम निर्माण गर्ने, ढुंगाजन्य वस्तु उत्खनन् रोक्ने र  बृक्षारोपण गर्ने  र वन जोगाउन सकियो भने  पानी बचाउन सकिन्छ कि ?

विकास त गर्नु पर्ला नि ?
विकास कसका लागि ? दाङबासीकै  लागि हो ला नि । तर  यहाँ दाङलाई मरुभूमि बनाएर  इण्डियाको  विकास गर्ने  काम मान्य हुँदैन । दाङमा गिट्टी, बालुवा, ढुंगा कति चाहिएको हो  त्यत्ति उत्खनन् गरौ न । 

खो लामै  क्रसर  उद्योग लगाएर  रातारात भारत पुर्‍याउने  अनि दाङको  विकास कसरि हुन्छ ? मापदण्डमा रहेर  विकास गर्न त कसले रोक्छ र ? तसर्थ दाङको  विकास, पानीको  स्रोत संरक्षणका लागि सबै  गम्भीर  हौ । स्रोत नयाँ युगबोध दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger