Headlines News :
Home » » बस र ट्रिप्पर ठोक्किदा १२ जना घाईते, घाईतेमध्य दाङका ४ र रोल्पाका ३ जनाको अवस्था गम्भिर

बस र ट्रिप्पर ठोक्किदा १२ जना घाईते, घाईतेमध्य दाङका ४ र रोल्पाका ३ जनाको अवस्था गम्भिर

Written By Unknown on Tuesday, June 21, 2016 | 5:29 AM


नारायण खड्का/असार ७, दाङ । काठमान्डौंवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको वस र ट्रिप्पर कपिलबस्तु जिल्लाको खरेन्द्रपुर मोडमा आपसमा ठोक्किदा ११ जना यात्रु घाइते भएका छन् । घाईते मध्ये अधिकांस दाङ देउखुरी क्षेत्रका छन् ।



दुर्घटनामा परेका मध्ये दाङका चार जना र रोल्पाका तीन जना यात्रुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि दाङका मात्रै सात जना घाईते भएका छन् । दुर्घटनामा परि घाईते भएका १० जना वसका यात्रुहरु मध्ये दाङ सतवरिया २ की ३१ बर्षीया कल्पना बुढा मगर, गोवरडिया २ की २१ बर्षीया दयावती यादव, गढुवा ६ निवासी २६ बर्षीय खरखुरी चौधरी, सिसहनीया ६ निवासी २६ वर्षीय राजेन्द्र मल्ल रहेका छन् ।

उनीहरु सबैको अवस्था गम्भिर छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक राजकुमार सिलवालले तुलसीपुर अनलाईनलाई दिएको जानकारी अनुसार रोल्पा निवासी तीन जना गम्भिर घाईते भएका छन् । जसमा रोल्पा जङकोट ६ निवासी ३४ बर्षीय भिमबहादुर छन्त्याल, लिवाङ नगरपालिका ४ निवासी ३२ बर्षीय राजकुमार घर्ती मगर र रोल्पा भोलावाङ निवासी ५० बर्षीय अम्मर रोका छन् ।

उक्त दुर्घटनामा परेका मध्ये रोल्पाका ५० बर्षीय अम्मर रोका र ट्रिप्परका चालक कपिलबस्तु शिवनगर नगरपालिका वडा नं.१० निवासी ३९ वर्षीय रामभगत चौधरीको अवस्था सबैभन्दा बढी चिन्ता जनक रहेको वडा प्रहरी प्रमुख सिजवालले जानकारी दिए । उनीहरु दुबै जनालाई टाउकोमा गम्भिर चोट छ । गम्भिर घाईते सबैको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै चन्द्रौटाको स्थानीय सञ्जिवनी अस्पतालमा उपचारगराई रहेका सामान्य घाइतेहरुमा दाङ लुहारपानी ६ का ३३ बर्षीय झुमल बुढा मगर , लालमटीया ९ निवासी ६५ वर्षीया कमला कँवर र उनका १७ वर्षीय छोरा अर्जुन कँवर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक राजकुमार सिवालले तुलसीपुर अनलाईनलाई जानकारी दिए ।

काठमान्डौं वाट तुलसीपुर तर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिको ना ५ ख ६३७१ नम्वरको वस र पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ६१८९ नम्वरको ट्रिप्पर आपसमा ठोक्किदा उक्त दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सिलवालले बताए ।

चन्द्रौटा र इमिलीयाको विचको खरेन्द्रपुर मोडाम मंगलवार विहान नौं बजेरित विपरित दिशावाट आइरहेको वस र ट्रिप्पर आपसमा ठोक्किनुको कारण भने अझै खुल्न नसकेको प्रहरीले बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger