|
|
जेठ २२, दाङ । दाङमा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । चट्याङबाट दुई जना महिला घाईते भएका छन् ।
आज दिउँसो चट्याङ लागेर मानपुर ३ मज्गैं निवासी ५० वर्षीया मनकुमारी कुमालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मानपुरको वैंशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङले लागेको थियो ।
चट्याङवाट घाइते कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसैविच तुलसीपुर नगरपालिका ८ टिकरी निवासी ४५ वर्षीया हुमा कुमारी बस्नेत र धनौरी गाविस वडा नं.५ निवासी २५ वर्षीया रामप्यारी चौधरी चट्याङवाट घाइते भएका छन् । उनीहरुको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
Post a Comment