|
|
असार ४, दाङ । अर्को समितिको गाडी तोडफोड गर्न प्रयोग गरिएको आरोपमा राप्ती यातायात समितिका कर्मचारीको जीप तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका डायल इन्चार्ज प्रकाश भट्टको नाममा रहेको जिप अर्को समितिको गाडि तोडफोड गर्न प्रयोग गरिएको अरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।
तुलसीपुर जीप तथा माईक्रो मिनीवस समितिको गाडि तोडफोड गर्न प्रयोग भएको बा १३ च ३१५ नम्वरको जीपलाई चालकसहित तुलसीपुरबाट नियन्त्रणमा लिएर जिप्रका नवलपरासीमा पठाएको छ ।
उक्त गाडी राप्ती समितिका डायल इन्चार्ज प्रकाश भट्टको नाममा दर्ता छ । राप्ती समितिकै जिम्वेवार पदाधीकाहरुहरुबाट आफ्नो समितिका गाडीहरुमा तोडफोड भएको तुलसीपुर जीप तथा माईक्रो मिनिवस समितिका अध्यक्ष पवनराज बुढाथोकीले बताएका छन् । सेतोपाटीबाट
Post a Comment