Headlines News :
Home » » प्युठान पहिरो आतंक: परिवारको ६ सदस्य गुमाएकी छिमाको दर्दनाक पीडा

प्युठान पहिरो आतंक: परिवारको ६ सदस्य गुमाएकी छिमाको दर्दनाक पीडा

Written By Unknown on Saturday, July 30, 2016 | 8:58 PM


साउन १६, प्यूठान । फोप्ली ३ मा घर भइ फोप्ली–४ मा रहेको खेत तिमिलेको गोठमा बस्दै आएकी १६ वर्षीया छिमा पुन अहिले परिवारविहिन बनेकी छिन् ।

६ जनाको सदस्य रहेको छिमाको परिवार गुमाउँदा अहिले उनी एक्लै छिन् । तिमिले मजदुरी गर्दै आएका बाबुआमा भाईबहिनी सबै घर परिवारलाई मंगलबार राति पहिरोसँगै आएको बाढीले बगाएपछि छिमा एक्ली बनेकी हुन् ।

आफन्तको घर (गाउँमा) गएर बसेकी १६ वर्षीया वालिका छिमा पुन बाँच्न सफल त भइन्, तर सबै परिवारलाई पहिरोसँगै आएको बाढीले बगाउँदा परिवारविहिन बन्न पुगेकी छिन् ।

बुबा भुपाल पुन, आमा समेली पुन, भाई धन बहादुर पुन र बहिनीहरु लिला पुन, थमी पुनलाई गुमाएपछि उनी सहाराविहिन बन्न पुगेकी छिन् । यतिसम्मकी सामान्य साहारा दिने छिमेकी समेत गुमाउँदा पागल जस्तै बनेको आभास आँशुका धाराले व्यक्त गर्छिन उनी । छिमाले गाउँकै अम्बिका मावि फोप्लीमा अध्ययन गर्दै आएकी छन् ।

छिमा परिवारविहिन भएपछि डाँको छोडेर रुनु बाहेक अरु केही नभएको बताउँछिन् । परिवारको अभाव त भयो नै त्यसैमाथि उनको घर, गोठ सबै पहिरोले बस्नै नमिल्ने गरी बगाएपछि छिमाको जीवन यात्रामा बज्रपात भएको छ ।

अहिले यतिबेला उनीसँग न कसैको साथ छ, न त कुनै ओतन या बास, न त खाने केही गास नै । अन्धकार र दुखपूर्ण जिन्दगीको यात्रामा छिन् उनी यतिबेला । -स्रोत: रातोपाटी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger