Headlines News :
Home » » दाङका ५ वर्षीय वालक अस्पतालवाट गायब भएको चार घन्टापछि सकुशल भेटिए

दाङका ५ वर्षीय वालक अस्पतालवाट गायब भएको चार घन्टापछि सकुशल भेटिए

Written By Unknown on Sunday, July 3, 2016 | 3:40 AM


नारायण खड्का/असार १९, दाङ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट गायव पारिएका तुलसीपुरका एक जना बालक साढे पौने चार घन्टापछि सकुशल फेला परेका छन् । दाङ, तुलसीपुर नगरपालिका-९ बेलुवा निवासी विमला वलीका-५ वर्षीय छोरा सिर्जन वली शनिबार मध्यान्ह १२ बजेतिर अस्पतालबाटै गायव पारिएका थिए ।



शनिवार मध्यान्हः १२ बजेतिर अस्पतालको व्लड बैंक नजिक खेलि रहेका सर्जन वली एकाएक गायव भएपछि प्रहरीमा खबर गरेको कोहलपुर अस्पतालवाट सिर्जनका बाजे नोखीरामा डाँगीले बताए । अस्पतालबाट नै बच्चा चोरी भएको हल्ला कोहलपुर बजारमा व्यापक बनेपछि स्थानीयले सर्जनलाई कोहलपुर बसपार्कको एकान्त स्थानवाट बच्चालाई फेला पारि प्रहरीको जिम्मा लगाएको सिर्जनका बाजे नोखीराम डाँगीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं डिएसपी सुरेशप्रसाद काफ्लेले दिउँसो १२ बजे गायव पारिएको बच्चा दिउँसो पौंने चारवजेरित मात्रै फेला पारिएको जानकारी दिए । डिएसपी काफ्लेका अनुसार बच्चा अपहरणको आशंकामा बाँके, महादेवपुरी-४ निवासी अन्दाजी २४ वर्षीय अमर खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

डिएसपी काफ्लेले बच्चा संगै फेला परेका खड्काले बच्चालाई रिक्सामा राखेर लगेको जानकारी दिए । तर फक्राउ परेका खड्काले मदिरा सेवन गरेका कारण उसको मदिराको मात छुटेपछि यथार्थ कुरा पत्ता लाग्ने जानकारी दिए । डिएसपी काफ्लेले फोनमा भने ‘ बच्चा चोरीगर्ने खड्का शुक्रवार मात्रै इण्डिायावाट नेपालजञ्ज आएको थाहाँ भएको छ , त्यसैले बच्चालाई चोरी गरि इण्डिया पु-याउन खोजेको हो कि भन्ने संभावना छ ।’

बच्चाका हजुरवुवा नोखीराम डाँगीले पौने तीन घन्टा अपहरणमा परेका आफनो नाति सिर्जनले आफुलाई खड्काले जम्बोकोक किनिदिएको, अण्डा खुवाएको भन्ने कुरा गरेको फोनमा जानकारी दिए । स्थानीयको सहयोगले आफुले नाति सिर्जन वलीलाई फेला पारेपछि सोध्दा बच्चा चोरी गरेको खड्काले ‘आफुलाई बच्चा प्यारो लागेर पो लगे हौं तर अपहरण गर्न खोजेको हैन’ भन्ने दाबी गरेको बच्चाका बाजे नोखीराम डाँगीले जानकारी दिए ।

बालक सिर्जनका बाबु बैदेशीक रोजगारको सिलसिलामा अरवमा रहेका छन् भने सिर्जनकी विमला वली भने डेलिभरीका लागि शिक्षण अस्पताल पुगेकी थिइन । विमला वलीलाई सुत्केरी बेथाले च्यापेपछि ५ बर्षीय छोरा सिर्जन सहित आफन्तहरु कोहलपुर अस्पताल पुगेका हुन ।

सिर्जनका बाजे नोखिराम डाँगीले सिर्जनका आमाको अप्रेसनवाट नानी जम्एिकोले आफुहरुले उनलाई आवश्यक रेखदेखमा खटिदा बालकलाई उचित ध्यान नदिनु आफनो कमजोरी भएको बताए । प्रहरीले पनि कुन नियतवाट सिर्जनलाई लगिएको हो भन्ने तथ्य थप अनुसन्धानपछि मात्रै एकीनका साथ भन्ने मिल्ने जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger