Headlines News :
Home » » दाङ लमहीमा कार्यरत जलउत्पन्नका इञ्जिनियर डेढ लाख वढी घुस सहित रंगेहात अख्तियारको फन्दामा (भिडियो सहित)

दाङ लमहीमा कार्यरत जलउत्पन्नका इञ्जिनियर डेढ लाख वढी घुस सहित रंगेहात अख्तियारको फन्दामा (भिडियो सहित)

Written By Unknown on Thursday, July 21, 2016 | 1:30 AM


साउन ६, दाङ । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इञ्जिनियर रामदुलारी शरण भगत १ लाख ५७ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।

विहीवार इञ्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलिले रङ्गेहात पक्राउ गरेको हो ।

गोवरडीहा गाविस वडा नं. ८ खहरे भालुखोलामा तट्वन्धका लागि तारजालि योजना वाफतको १७ लाख ९३ हजार ६ सयको बजेट करकट्टी गरेर १ लाख ५७ हजार रुपैयाँ घुस वुझदै गर्दा उनी अख्तियारको फन्दामा परेका हुन ।

लमही नगरपालिका वडा न ११ लमही स्थित डेरा वाट अख्तियारको टोलिले इञ्जिनियर भगतलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चुरामणि पराजुलीले जानकारी दिए ।

इञ्जिनियर भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसान्धन तत्काल सुरु गरिने पराजुलीले बताए । स्रोत: तुलसीपुर अनलाइन



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger