Headlines News :
Home » » दाङमा भएको जन्तिवस दुर्घटनामा १४ जना घाईते (घाइतेहरुको नामावलीसहित )

दाङमा भएको जन्तिवस दुर्घटनामा १४ जना घाईते (घाइतेहरुको नामावलीसहित )

Written By Unknown on Wednesday, July 13, 2016 | 10:17 PM


असार ३०, दाङ ।  प्यूठानको विजुवार वाट दुलही लिएर दाङ देउखुरीको गंगापरस्पुर तर्फ आउँदै गरेको जन्ति वस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

विहीवार राति १० बजेतिर गंगापरस्पुर गाविस वडा नं. १ हडैया आउँदै गरेको ना ५ ख ६८ नम्वरको बस गोवरडिहा ४ पचाहाको मोडमा पल्टिदा १४ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता प्रकास राज शर्माले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरिक्षक राजु थापाका अनुसार घाईतेहुनेहरु अधिकाँस गंगापस्पुर निवासी छन् ।

दुर्घटनामा परि गंगापरस्पुर गाविस वडा नं. १ हडैया निवासी ३४ वर्षीय नारायण रायमाझी, २५ वर्षीय श्यामबहादुर केसी, २९ वर्षीय उमेश अहिर, २४ वर्षीय दिपक थापा , २५ वर्षीय राजकुमार खत्री, ६५ वर्षीया कृष्णा केसी, २५ वर्षीय अशोक रायमाझी, ५० वर्षीय खिम केसी, २५ वर्षीय रामवहादुर विक, १९ वर्षीय वशन्त कँवुर, १७ वर्षीय रोहित भैरिया छन् ।

उक्त दुर्घटनामा परि घाईते हुने अन्य चार जनाहरुमा गढवा निवासी २२ वर्षीया काजल थापा, गढुवा ३ निवासी २८ वर्षीया सिता थापा, बेला गाविस निवासी २३ वर्षीया रिमा नेपाली रहेको ईप्रका भालुवाङका प्रहरी जवान रुद्र सापकोटाले जानकारी दिए ।

घाईते १४ जना सबैको बुटवलमा उपचार भइरहेको छ । सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । दाङको घोराही निवासी गाडी साहु राजु खानका अनुसार गोवरडिहा ४ को पचाहा मोडमा बस चिफ्लिएर पल्टिन पुगको थियो । खानले चालक सहित जन्ति सबै घर पुग्न हतारो भएकोले हतारमा आउँदै गर्दा दुर्घटना भएको हुन सक्ने बताए ।

उनले वसमा सवार दुलाहा र दुलही भने सकुशल रहेको जानकारी दिए । बसमा जम्मा २४ जनाजति मात्रै जन्ति रहेको र अन्यको अवस्था पनि शकुशल रहेको उनले बताए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger