Headlines News :
Home » » प्यूठानमा विकास बजेटको २१ प्रतिशत रकम फ्रिज, किन हुन्छ बजेट फ्रिज ?

प्यूठानमा विकास बजेटको २१ प्रतिशत रकम फ्रिज, किन हुन्छ बजेट फ्रिज ?

Written By Unknown on Sunday, July 17, 2016 | 11:05 PM


केशर रोका/साउन ३, प्यूठान ।
– ठेकेदारहरु विच हुने अस्वच्छ प्रतिस्पर्धा र मिलेमतो ।
– समयमै अख्तियारी नआउनु ।
– केन्द्रबाट कार्यक्रमहरु ढिलागरी आउनु ।
– वैदेशिक स्रोत तर्फको रकम समयमै फुकुवा नहुनु ।
– विकास निर्माणका गतिविधिमा स्थानीय तहका उपभोक्ताहरुमा अपनत्वको विकास हुन नसक्नु ।
– अन्तिम समयमा आएर असारे भेलमा विकासको रकम खन्याउनु । उल्लेखित कारणहरुले नेपालको विकासलाई प्रभावित तुल्याई रहेका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा विकास निर्माणसँग सम्वन्धित बजेटको २१ प्रतिशत रकम प्यूठानमा फ्रिज हुनुको प्रमुख कारण पनि यिनै हुन । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले दिएको जानकारी अनुसार पूँजिगततर्फ विनियोजित रकमको ७८ दशमलव ९३ प्रतिशत बजेट मात्रै खर्च भयो ।



९८ करोड ६७ लाख ६१ हजार ९ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ७७ करोड ८८ लाख ७३ हजार ६ सय ११ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कोष नियन्त्रक दिनेश थापाले जानकारी तुलसीपुर अनलाईनलाई बताए ।

‘पूँजितगत बजेट विकास निर्माणसँग सम्वन्धित हुन्छ’,उनले भने,‘यसपटक पनि विगतका वर्षजस्तै खर्च भएको छ ।’ जिल्लामा रहेका ३२ वटा विभिन्न विषयगत कार्यालयको गरी कुल २० करोड ७८ लाख ८८ हजार २ सय ८८ रुपैयाँ बजेट काम नभई फिर्ता भएको उनले जानकारी दिए ।

जिल्ला विकास समिति प्यूठानको ३७ दशमलव ८ प्रतिशत बजेट गत आर्थिक वर्षमा खर्च हुन सकेन । विनियोजित २३ करोड ७६ लाख १८ हजार रुपैयाँमध्ये १४ करोड ८० लाख ९६ हजार ६ सय ५२ रुपैयाँ मात्रै खर्च भएको छ । ‘असारे विकास प्रवृत्तिले विकासले गति लिन सकेको छैन्’,जिविसका योजना तथा प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले भने,‘समुदाय स्तरबाटै विकास निर्माणमा चासो नहुँदा सम्म यो स्थितिमा सुधान आउने अपेक्षा गर्न सकिदैन।’

तर सडक डिभिजन कार्यालय प्यूठानले पनि कुल बजेटको ८० दशमलव ९ प्रतिशत रकम खर्च भएको जानकारी दिएको छ । ३५ करोड ९६ लाख ९ हजार रुपैयाँ विनियोजित बजेटमध्ये २९ करोड ९९ लाख ८ हजार १ सय ९२ रुपैयाँ खर्च भएको उक्त कार्यालयले जानकारी दिएको छ । जसलाई सकारात्मक नै मान्न सकिन्छ ।

त्यस्तै प्यूठान नगरपालिकाले यसपटक शतप्रतिशत रकम खर्च गर्न सफल भएको छ । विभिन्न योजनाहरुका लागि छुट्याइएको ८७ लाख ४३ हजार रुपैयाँ बजेटमध्ये पुरै रकम खर्च भएको नगरपालिकाका कार्यकारी अधिकृत नेववहादुर वलीले जानकारी दिए । ‘उपभोक्ता समिति अन्तर्गत निर्माण गरिने योजनाहरु समयमै पुरा भएका छन्’,वलीले भने,‘विकास निर्माणका गतिविधिहरुमा सवैले अपनत्व लिएमा काम गर्न सजिलो हुन्छ ।’

तर जिल्ला प्राविधिक कार्यालयले कुल बजेटको आधा रकम समेत खर्च हुन सकेन । ४० करोड ६७ लाख रुपैयाँ बजेट अख्तियारी आएकोमा २० करोड १८ लाख २ हजार ३ सय ४१ रुपैयाँ (४९.५ प्रतिशत) मात्र बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

प्राविधिक अन्तर्गत संचालित ठूला दुई परियोजना राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम(एसएनआरटिपी) र सामुदायिक सिंचाई आयोजना(सिआईपी) क्रमागत योजना अन्तर्गत पर्ने भएकाले पूनः बजेट फिर्ता हुने प्रमुख जिल्ला इञ्जिनियर सुरेन्द्र घिमिरेले आशा व्यक्त गरे । समयमै बजेटको अख्तियारी नआउँदा योजनाहरु सम्पन्न गर्न समस्या भएको उनको तर्क छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger