Headlines News :
Home » » राप्ती नदि १२ वर्ष यताकै सबैभन्दा ठूलो, दाङका १०० भन्दा बढी घर डुबानमा

राप्ती नदि १२ वर्ष यताकै सबैभन्दा ठूलो, दाङका १०० भन्दा बढी घर डुबानमा

Written By Unknown on Tuesday, July 26, 2016 | 5:51 AM


साउन ११,दाङ । सोमबारदेखिको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले दाङको देउखुरी डुबानमा परेको छ । मंगलवार राप्ती नदीमा आएको बाढी १२ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताईएको छ ।



राप्तीको बाढीले देउखुरीका विभिन्न स्थानमा १ सयभन्दा बढी घर डुबानमा परेका छन्। यस्तै ६ घर बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राप्तीमा आएको बाढीले देउखुरीको सतबरियामा सबैभन्दा बढी ६० घर डुबेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार सतवरियाको २, ४ र ६ नम्बर वडाका ६० घर डुबेका छन् । बाढी पसेका कारण कच्ची घरहरु त्यहाँ भत्किएको पनि उनले वताए ।

‘सतवरियामा ६० घर डुबेका छन्,’ उनले भने, ‘केही कच्ची घरहरु भत्किएका पनि छन् ।’ यसैगरी देउखुरीकै लमही नगरपालिका ९ बलरामपुर गाउँका १६ घर बाढीले डुवानमा परेका छन्। लमही ७ मा पनि १७ घर डुबेका छन् भने लमही २ मा ५ घर डुबेका छन्। सिसहनीयामा पनि ५ घर डुबेका छन् ।

प्रहरीका अनुसार देउखुरीको बेला गाविस २ मा ५ घर राप्तीले बगाएको छ । यस्तै बेला १ मा एक घर बगेको डिएसपी शर्माले वताए । राप्तीको बाढीले देउखुरीका विभिन्न स्थान डुवानमा परेको भए पनि मानवीय र पशुचौपाया क्षती भने नभएको शर्माले बताए।

‘विभिन्न ठाउँमा घरहरु भत्किएका छन्,’ उनले भने, ‘तर मानवीय र पशुचौपाया क्षति भने पनि भएको छैन।’ घर डुबानमा परेपछि स्थानीयहरु विस्थापित भएका छन् । उनीहरु गाउँमै सुरक्षित स्थलमा बसेका छन् । मंगलबार बेलुकासम्म पनि राप्तीमा पानीको बहाव नघटेकाले स्थानीयमा बाढीको त्रास कायमै छ । यस्तै राप्तीले विघौँविघा खेतीयोग्य जमीन समेत कटान गरेको छ ।

यता लगातारको वर्षापछि स्थानीय खोलाहरुमा आएको बाढीले दाङको जनजीवन प्राभावित बनेको छ। पुलविहिन यहाँका खोलाहरुमा बाढी बढेपछि यातायात सेवा अबरुद्ध छ ।  ग्वार खोलामा आएको बाढीका कारण घोराही तुलसीपुर सडक खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध बन्यो ।

यात्रुहरु दिनभर खोला किनारमै अलपत्र परे । अत्यावश्यक कामका लागि गन्तव्यमा हिँडेका सर्वसाधारणहरुलाई बाढीले अत्यधिक सास्ती दिएको छ। सोही खोलाले एउटा मोटरसाइकल समेत बगाएको छ ।

रा ३ प ४६२५ नम्बरको मोटरसाइकल खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईंले जानकारी दिए। मोटरसाइकल चालकको सकुशल उद्दार भएको र मोटरसाइकल भने अझै फेला नपरेको प्रसाईंले जानकारी दिए। ‘खोलाको बहाव अत्यधिक बढेका कारण बिहान बगेको मोटरसाइकल अझै फेला पार्न सकिएको छैन,’ उनले भने, ‘ग्वार खोलाले दिनभर यातायात सेवा प्रभावित बन्यो।’ यो खोलाले गत शुक्रबार पनि हायस गाडी बगाएको थियो ।

तुलसीपुर लमही खण्डमा पर्ने खोलाहरुमा पुल नहुँदा वर्षेनी बाढीले सास्ती दिने गरेको छ। यी खहरे खोलाहरुमा आउने बाढीले जिल्लाका तीन प्रमुख बजार घोराही, लमही र तुलसीपुर आवतजावत पुरै ठप्प हुने गर्दछ । देवेन्द्र बस्नेत/नागरिक न्युज अनलाइनबाट



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger