Headlines News :
Home » » बहुलाएको राप्ती नदीले गरेको क्षतिवारे पढ्नुहोस

बहुलाएको राप्ती नदीले गरेको क्षतिवारे पढ्नुहोस

Written By Unknown on Friday, July 29, 2016 | 5:48 AM


भालुबाङ, १४ साउन । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले अर्घाखाँची जलुके–६ सापमारामा निर्माणाधीन सिंचाई नहरको मुहान भत्काउँदा करोडौंको क्षति भएको छ ।

गत असार मसान्तमा निर्माण गरिएको उक्त नहरको मुहान अविरल वर्षापछिको बाढीले भत्काएपछि देउखुरीका खेतवारीमा सिचाँइ गर्न पनि समस्या भएको छ । सो नहरका कारण राप्ती नदीको उत्तरतर्फ रहेको भालुबाङ बजारसमेत नदीको पानी नहरको मुहानमा ठोक्किएर व्यापकरुपमा कटान भएको छ ।


जसका कारण इप्रका भालुबाङको दुई करोड बढी लगानीमा निर्माणाधीन भवनका साथै स्थानीयबासीका घरहरु पानीको धारले काटिरहेको छ । यस्तै देउखुरीको गोबरडिहा–१ कालाकाटेस्थित दक्षिणी चुरेबाट बग्ने भालुखोलामा आएको बाढीले सशस्त्र प्रहरीको आईआरटी पोष्टको भवनर भवन परिसरमा क्षति पुगेको छ ।

यसैगरी बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालाकाटेका दर्जनौ स्थानीयको घरमा क्षति पु¥याएको छ भने गोबरडिहा–१ मलमलास्थित भालुखोला, तुलसीपुरे खोला र गुहेखोलाले धार परिर्वतन गरी गाउँमा पसेर भौतिक क्षति गरेको छ । यसैगरी हालै निर्माण गरेको पक्की कलभर्टको धार परिर्वतन गरी खहरेखोला नै मलमला गाउँतिर बग्दा वस्तीका घर तथा खेतवारी कटान हुन सक्ने जोखिम बढेको छ ।

बाढीले देउखुरी क्षेत्रमा घर, कल्भर्ट, पाइप लाइन, खानेपानीमा क्षति पुगेको छ । खोलामा आएको बाढीले पाइप बगाउँदा गोबरडिहा–२ बनबारी बनघुस्रीका दुई सय ५० घरधुरी पिउने पानीबाट बञ्चित भएका छन ।

यसैविच, लगातारको वर्षाका कारण आएको वाढिले तुलसीपुर नगरपालिका २० वेलगनारमा रहेको तटवन्ध वगाउदा सिचाँइमा समस्या देखिएको छ । पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा ६० बिगाह जमीनमा सिचाई गर्न समस्या भएको छ । स्रोत: इन्द्रेणी अनलाइन



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger