Headlines News :
Home » » रुकुममा एक इन्जिनियर मृत भेटिए

रुकुममा एक इन्जिनियर मृत भेटिए

Written By Unknown on Tuesday, August 2, 2016 | 6:37 AM


गणेश बिक/रुकुम,१८ साउन । सडक डिभिजन कार्यालय चौरजहरीमा कार्यरत एक ईन्जिनियर मृत फेला परेका छन् ।



गएराती खाना खाएर सुतेका विरेन्द्रनगर नगरपालिका वडा नं. ५ चिसापानी सुर्खेतका ५३ वर्षिय भुवन खडका कोठामै मृतअवस्थामा फेला परेका हुन ।

चौरजहारी नगरपालिका २, घारीगाउँ स्थित कार्यालयको क्वाटरमा बस्दै आएका खड्काको मृत्युको कारण पत्ता लागेको छैन् । उनलाई ब्लडप्रेसरको समस्या रहेको आफन्तलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

आफन्तहरु नआउदा सम्म शव नचलाउने भन्ने खवर आएकोले प्रहरीले शवको सुरक्षा गरिरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका सहायक प्रहरी निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए । मृतको कारण खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger