Headlines News :
Home » » प्युठानमा प्रहरी हिरासतमा रहेका कर्मचारी रिहा नगरे यातायात ठप्प पार्ने यातायत व्यवसायीको चेतावनी

प्युठानमा प्रहरी हिरासतमा रहेका कर्मचारी रिहा नगरे यातायात ठप्प पार्ने यातायत व्यवसायीको चेतावनी

Written By Unknown on Monday, August 15, 2016 | 8:34 AM


साउन ३१, दाङ । यातायात व्यवसायीहरुले प्रहरीले थुनामा राखेका आफना कर्मचारीलाई अविलम्व रिहागर्न चेतावनी दिएको छ ।
प्युठान प्रहरीको हिरासतमा रहेका जलजला समितिका कर्मचारिहरुलाई मंगलवार वेलुकासम्म रिहा नगरे यातायात ठप्प पार्ने चेतावनी दिइएको छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी समिति राप्तीका अञ्चल संयोजक भरत नाथ योगीको अध्यक्षतामा सोमवार वसेको बिभिन्न यातयात ब्यवसायी समितिहरुको वैठकले त्यस्तो चेतावनी दिएको हो ।

यातयात समितिको बैठकले सनराईज यातायात ब्यवसायी समिति र जलजला यातायात ब्यवसायी विचमा गाडि सञ्चालनको बिषयमा भएको बिवाद दुवै पक्ष विचको सहमतिमा समाधान भइसकेको अवस्थामा प्रहरीले समितिका कर्मचारीहरुलाई हाल सम्म थुनामा राखेको प्रति असन्तुष्टि जनाएको हो ।

मंगलवार बेलुकी सम्मपनि पक्राउ परेका आफना कर्मचारीलाई विनासर्त रिहा नगरे यातायात ठप्प पार्ने निर्णय बैठकले गरेको हो ।

आफना कर्मचारी रिहा नगरे भदौ २ गते देखि दाङको भालुवाङ हुँदै प्युठान , रोल्पा चल्ने सम्पुर्ण साधन ठप्प पार्ने निर्णय बैठकले गरेको जानकारी दिइएको छ । वैठकले उक्त बन्दबाट पनि प्रहरीले पक्राउ गरेका आफना कर्मचारी रिहा नगरे भदौ ४ गते अञ्चल व्यापी रुपमा यातायात ठप्प पार्नै निर्णय गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger