Headlines News :
Home » » दाङका विभिन्न खोलावाट एकै दिन आठ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा !

दाङका विभिन्न खोलावाट एकै दिन आठ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा !

Written By Unknown on Tuesday, August 2, 2016 | 3:53 AM


साउन १८, दाङ । प्रहरीले मंगलवार विहान अर्थात एकै दिन दाङका विभिन्न खोलावाट ८ वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
घोराही नगरपालिका वडा नं. ८ सिस्ने खोलामा अवैद्य उत्खनन् गरिरहेका दुइवटा ट्रेक्टर ,सकौरा स्थित पातुखोलावाट थप दुइवटा र ग्वारखोलावाट ४ वटा गरि मंगलवार विहान मात्रै ८ वटा ट्रेक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार घोराही नगरपालिका वडा नं. ४ सिस्नेखोलामा अवैद्य रुपमा गिट्टि वालुवा उत्खनन् गरिरहेका रा १ त १३०८ र रा १ त ६५० नम्वरका ट्रेक्टर नियन्त्रण पछि आवश्यक कारवाहीका लागि जिल्ला विकास समिति दाङमा पठाइएको छ । त्यस्तै प्रहरी चौकी उहरी जस्पुरले सुकौरा स्थित पाखुखोलाबाट मंगलवार विहान दुइवटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले रा १ त २०३३ र रा १ त १७३१ नम्वरका दुइवटा ट्रेक्टरहरु वालुवा गिट्टि उठाउँदै गर्दा पातुखोलावाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए । त्यस्तै मंगलवार नै ग्वारखोलाको विभिन्न स्थानहरुवाट रा १ त ७८५, लु २ त २८८६, ना ४ त ८१०३ र लु ३ त १३७८ नम्वरका ट्रेक्टर विजौरी र खाद्रेको आसपासवाट नियन्त्रण गरिएको जानकारी दिइएको छ ।

प्रमुख प्रसाँईले नियन्त्रणमा लिइएका सबै ट्रेक्टरलाई आवश्यक कारावहीका लागि जिल्ला विकास समिति दाङमा पठाउने तयारी भइरहेको पनि बताए । जिविसले आह्वान गरेको वालुवा गिट्टि निकासीको समय गत आर्थिक वर्षको समाप्ति संगै समाप्त भएपनि अबैद्य उत्खनन् भने रोकिएको छैन ।

तर कतिपय निर्माण व्यवसायीहरुले भने वालुवा गिट्टि निकासीमा प्रतिवन्ध लगाइदा विकास निर्माणका कामहरु प्रभावित वनेको बताएका छन् । ठेकेदार पूर्ण भण्डारीले खोलाजन्य वस्तुमाथिको प्रतिवन्ध अविलम्व खोल्नु जरुरी रहेको बताए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger