Headlines News :
Home » » दाङकि चेली देवाको ब्रेन ट्यूमरको उपचारमा सहयोग गर्न सबैसँग आग्रह

दाङकि चेली देवाको ब्रेन ट्यूमरको उपचारमा सहयोग गर्न सबैसँग आग्रह

Written By Unknown on Wednesday, August 10, 2016 | 5:51 AM


साउन २६, दाङ । ब्रेन ट्यूमर विरामी त्रिपुर नगरपालिका–३ ठाटीगाउँ निवासी देवा बुढाथोकीलाई आर्थिक सहयोग गरी उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
बुढाथोकी परिवारले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी पारिवारीक न्यून आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएकाले सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

अहिले काठमाडौंको विर अस्पतालमा उपचार भइरहेको र उपचार खर्च ४ लाख वढी लाग्ने अस्पतालले बताएको आमा इश्वरी बुढाथोकीले बताईन । ‘छोरी अस्पतालको वेडमा छ, आफूलाई हातमुख जोड्न गाह्रो छ’, उनले भनिन,‘सहयोग गरिदिए छोरीको ज्यान बचथ्योकी भन्ने आशा लागेको छ ।’

पहिले सामान्य विरामीको ख्याल नहुँदा गाउँमै धामीझाक्री गर्दा भएको पैसा सकिएको र अहिले उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सम्दो सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सहयोग गर्न चाहानेहरुले पीडित बुढाथोकीकी आमा इश्वरी बुढाथोकीको मोवाइल नं. ९८४७८०३७१ र छोरी देवा बुढाथोकीको ९८०९८२५८७४ मा सम्पर्क गर्न सकिने छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger