|
|
चोरले होटलको ताला फोडी भित्र राखीएको रक्सी खाएर त्यही भित्र अचेत अवस्थामा फेला परेको घटना सार्वजनिक भएको हो ।
सृजना चाउमिन सेन्टरको ढोकामा लगाइएको ताल्चा काटेर चोरले होटल भित्र रहेको मदीरा सेवन गरेको र होटलभित्रै चोर फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
ति ब्यक्तिले होटल भित्र पसेर दश वटा रक्सिको क्वाटर, वियर र फेन्टा खाएको होटलका सञ्चालक ज्ञान प्रसाद भुसालले जानकारी दिए ।
होटलमा मदीरा सेवन गर्दै गरेको अवस्थामा फेला परेका ब्यक्तिको पहीचान हुन सकेको छैन् । अत्याधिक मदीरा सेवन गरेका कारण उनि अचेत अवस्थामा छन् । तुलसीपुर अनलाइनबाट साभार
Post a Comment