|
|
दाङ देउखुरी जिल्ला अदालतमा गएको आर्थिक बर्ष २०७२ / ०७३ मा सम्बन्ध बिच्छेद गरी पाउ भनी परेका ३ सय ९३ वटा उजुरी मध्ये ३ सय ९ जोडीहरुको सम्बन्ध बिच्छेद भईसकेको श्रेष्तेदार गम्भीर राणाले जानकारी दिए । त्यस्तै ८४ मुद्धा फस्र्यौट हुन बाकि छन ।
त्यसै गरी वितेको आर्थिक बर्ष २०७१।०७२ मा परेका ३ सय ३५ वटा उजुरीहरु मध्ये २ सय ५२ जोडिको सम्बन्ध विच्छेद भएको र ८३ वटा मुद्धा फस्र्यौट हुन बाकि रहेको राणाले जनाए । यसरी वितेका दुई बर्ष लाई तुलना गर्दा सम्बध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।
यसैविच बैदेशिक रोजगारका कारण श्रीमानहरु परस्त्रीसँग र श्रीमतिहरु पर पुरुष सग सम्पर्क बढ्नु, कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहना बढ्नु लगायतका कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको अदालतले बताएको छ ।
त्यसै गरी मदिरा पिउने, शंका गर्ने, दाइजो नल्याएको भनी गालि गर्नु , खर्च नदिने, छोरा छोरीकोे वास्ता नगर्ने तथा वहुविवाह जस्ता कारणले सम्बन्ध बिच्छेद भएको पाइएको छ । तुलसीपुर अनलाइन
Post a Comment