|
|
दाङ वाघमारे ३ पेघा स्थित जुद्ध कुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
केसीको छाति, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । चट्याङवाट उनकी ३९ वर्षीया आमा जुद्ध कुमारी केसी र उनकी १८ वर्षीया छोरी रेणुका केसी घाईते भएका छन् ।
जुद्धकुमारी केसीको कम्मर र हात जलेकोले उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ भने उनकी छोरी रेणुकाको दुबै हात जलेपनि उनको अवस्था खतरा मुक्त रहेको एसपी सिंहले जानकारी दिए । उनीहरु सुतिरहेको अवस्था सोमवार राति ११ बजेतिर चट्याङ परेको थियो ।
एकै परिवारका तीन जना चट्याङवाट घाईते भएपनि छोरा पवन केसीको भने उपचारका क्रममा मंगलवार विहान एक बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment