|
|
विगतमा १ हजार १८ रुपैयाँ लिने गरिए पनि ग्राहकलाई सहुलियत दिन रोल्पा–काठमाडौंको भाडा ९ सय कायम गरिएको छ ।
८ वर्षअघि गठन गरिएको जलजला समितिले जिल्लाभित्र र बाहिर गरी करिब ६० वटा बस सञ्चालन गर्दै आएको छ । केही महिनाअघिदेखि समितिले अत्याधुनिक बस सञ्चालन गर्दै आएको छ । समितिका अध्यक्ष तेजविक्रम रावतले प्रालिहरूले सुविधायुक्त गाडी ल्याउन थालेपछि सेवा प्रदायक संस्थाका बीचमा प्रतिस्पर्धा बढेको बताए ।
रोल्पा यातायात प्रालिले रोल्पा–काठमाडौंका लागि अत्याधुनिक एवं वातानुकूलित (एसी) सुविधासहितका बस सञ्चालन गरेको छ । भर्खरै मात्र गठन गरिएको उक्त प्रालिले एसी सुविधाका १२ वटा बस चलाउने योजना बनाइएको जनाएको छ । इकान्तिपुरबाट
Post a Comment