Headlines News :
Home » » घोराही बसपार्क आधुनिक बन्ने भयो, आरसीसी ढलान प्रक्रिया शुरु गरियो

घोराही बसपार्क आधुनिक बन्ने भयो, आरसीसी ढलान प्रक्रिया शुरु गरियो

Written By Unknown on Tuesday, September 13, 2016 | 2:10 AM


गोविन्द खड्का/भदौ २८, घोराही । डोजर लगाएर बसपार्क खार्न शुरु भएको छ । सोमवार बिहान बाट घोराही १० को सेवार खोला नयाँ  बसपार्क पक्किगर्ने काम  थालिएको हो । सिएम प्रेमधन जेभिले निर्माण सेवाले बहुबर्षिय योजना अन्तर्गत काम शुरुगरेको छ ।
काम थाल्नका लागि आईतवार भवन निर्माण तथा शहरी विकास डिभिजन कार्यालय घोराहीका प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको विशेष उपस्थितिमा अनुगमन समिति गठन गरीएको थियो । वडा नागरीक मञ्च एवं टोलविकास संस्थाका अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा सदस्यहरु विष्णु बहादुर दशौदी, लक्षिण प्रसाद बुढा, भानुभक्त पाण्डेय, उमाकान्त भण्डारी, भागिरती भट्टराई र डुल्लुराम पोख्रेल सदस्य रहेको सात सदस्यि समिति बनाईएको थियो ।

स्थानिय स्तरमा अनुगमन समिति बनाएपछि काम थालिएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका  अनुसार १८ महिना भित्रै काम सक्ने योजनाको लक्ष्य छ । तर ठेकेदार राम्रो  गरे करीव छ/ सात महिनामै काम सकिने छ । यस पटक खार्ने, ढुंगा विच्छाउने र शरिया हालेर ढलान गर्नेकाम हुने छ । नरोकिएर सरासर काम टुंग्याने निर्माण कम्पनीले बचन दिएको छ । त्यसमा ईमान्दारीता देखियो भने अधुरो धुले बसपार्क अब छोटो समय मात्रै झेल्नुपर्छ ।

आफ्नै कार्यकालमा अमिट काम गर्ने घोराही नगरविकास समितिका अध्यक्ष किरण कुमार रेग्मीको अठोट छ । यस क्षेत्रमा नमुना बसपार्क निर्माण कार्य गर्नसके भावि राजनीतिक यात्रा सहज हुने रेग्मीले आश गरेका छन् । त्यसैले पनि दिलो ज्यान दिएर बसपार्क सुधारमा लागेका छन् । अहिले फुटपाथ र पार्किङ स्थल ढलान गर्न लागिएको रेग्मीले जानकारी दिनुभयो । अहिलेको बसपार्कका संरचना अमिल्दा छन् । क्षेत्र धेरै वगटेको असुहाउदिला मानिन्छन् ।

सार्वजनिक शौचालय सार्नुपर्ने, बसकाउन्टर एउटा किनारामा लैजानुपर्ने जस्ता भावि योजना बनाएका छन् । त्यसका लागि झण्डै ढाईकरोडको हारा हारिमा बजेट परेको छ । बहुबर्षिय योजना भएपनि लामो समय पर्खिन नपर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।

बसपार्कका बासिन्दाको सरसफाइ र अन्य सजावटमा देखिएको सकृयता देखेर बेला बखतका  भवन डिभिजन प्रमुखहरु पग्लीने गर्छन् । तिनको मधुर भावनाले केन्द्रमा योजना पार्न मद्धत गर्छन् । त्यसरी विर्सन नसकिने प्रमुख परिक्षित परीत कडेरिया भएको स्थानियले बताउछन् । बसपार्क पक्कि हुनमा तिनको ठुलो हात भएको मान्छन् ।

गत फागुन २८ गते बसपार्क व्यवस्थित गर्न अध्यक्ष रेग्मी सहित सरोकार वालाको सर्बपक्षिय छलफल आयोजना गरीयो । सेवार खोला नया बसपार्क टोलविकास संस्थाले सञ्चालन गरेको अन्तरकृयामा यातायात क्षेत्रका प्रमुख, टाफिक, वडा प्रहरी सहितका सरोकारवाला संग बृहत छलफल भएको थियो । त्यसले लामो वा छोटो दुरीका सबै वसहरुलाई बसपार्क लग्ने निर्णय गरेको थियो । वस छुट्न वा यात्रु छोड्न वसपार्क पुग्नै पर्ने भएको थियो । तुलसीपुर चोकमा यात्रुलाई अलपत्र पार्ने, बसपार्कका यात्रु अलमलमा पार्ने काम पुर्ण बन्द गर्नुपर्ने भन्ने थियो ।

पहिलो चरणमा सचेत गराउने, दोश्रोमा चलानी रोक्का गर्ने त्यसपछि पनि अटेरी गरे क्यूखान नदिने निर्देशन गरी सकेको राप्ती अञ्चल यातायात व्यवसायी समिति घोराही काउन्टरका प्रशासनीक ईञ्चार्ज राजु दसौदिले कार्यक्रमा जानकारी दिनुभएको थियो । यस क्षेत्रको प्रतिष्ठत संस्थाले त्यसरी अठोट गरेपछि अरुले सहमति जनाए । त्यसैगरी मालिका कालिका, दाङ यातायात प्रालि लगाएतले पनि टोलविकास संस्थाको प्रस्तावमा पुर्ण सहमति जनाएका थिए ।

यसैगरी वसहरु मिलन चोक हुदै बसपार्क भित्र पस्ने र पुरानो वसपार्कहुदै बाहिरीने गरी एकतर्फी बनाउने निर्णय भएको थियो । सिमेन्ट उद्योगका टिप्परहरु पुर्ण निषेध गर्ने, अरु यातायातका साधनलाई बसपार्क बाट तुलसीपुर चोक सम्म पुग्दाको गतिलाई सुस्त गराउने लगाएतका थिए ।

विकसीत, सुविधा युक्त र सफा सुन्दर वसपार्क निर्माण गर्नेमा सबैको ऐक्यवद्धता थियो । त्यहि सपना पुरा हुने चरण शुरु भएको रुपमा बसपार्कका बासिन्दाले लिएका छन् । इन्द्रेणी अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger