|
|
जिल्ला अदालत दाङ देउखुरीले गत जेठ १४ गते आठ वर्ष सजाए तोकेका तुलसीपुर ४ मोतिपुर निवासी प्रशान्त उर्फ मंगल भनिने २७ वर्षीय रोशन विकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
विकलाई तुलसीपुर ४ मोतिपुरवाट पक्राउ गरिएको पाण्डेल जानकारी दिए । जिल्ला अदालतले पक्राउ परेका विकलाई बालात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र पिडित बालिकालाई २५,०००।- क्षतिपुर्ति तोकेको थियो ।
बिकले २०६८ साल असार १८ गतेका दिन तुलसीपुर १५ हलवार निवासी १४ वर्षीया बालिकालाई बालात्कार गरेर अचेत अवस्थामा पुर्याई भागेको अभियोग थियो । अदालतले उनलाई उक्त आरोपमा दोषी प्रमाणित गरेको भएपनि उनी पाँच वर्षदेखि फरार थिए ।
विकले ती बालिकालाई अन्य कामका लागि भन्दै ललाई फकाई तुलसीपुर ५ अरनीको मैदानको पूर्वतर्फको एउटा होटेलमा लगेर जवरजस्ती करणीपछि बेहोस भएपछि फरार भएको किटानी जाहेरी परेको थियो ।
उक्त अभियोगमा विकलाई अदालतले दोषी प्रमाणित गरेको थियो । पक्राउ परेका विकलाई अदालतमा बुझाउने प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment