Headlines News :
Home » » नेपालका बढी दुर्घटना हुने चार खतरनाक सडकमा राप्तीका यी सडक पर्छन !

नेपालका बढी दुर्घटना हुने चार खतरनाक सडकमा राप्तीका यी सडक पर्छन !

Written By Unknown on Tuesday, October 18, 2016 | 5:15 AM


कात्तिक २, दाङ । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ ।

लमही–तुल्सीपुर सडकखण्ड, भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्ड,  सिद्धार्थ  राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड र अरनिको राजमार्गको सूर्यविनायक–दोलालघाट खण्ड रहेको बिभागले जनाएको छ ।

यी सडकलाई विभागले ‘ब्ल्याक स्पट’ मानेको   विभागको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए । सडक डिभिजन कार्यालयको माग र निर्माण सम्पन्न भएका तर दुर्घटना दोहोरिरहने सडकखण्डलाई छनोट गरेर विभागले अध्ययन गरेको हो । ‘यसरी गरिएको अध्ययनमा उल्लेखित चार सडकखण्ड सबैभन्दा बढी दुर्घटना हुनेमा परेका हुन्,’ इन्जिनियर पाण्डेले भने ।

के हो  ‘ब्ल्याक स्पट’ ?

सडकमा धेरै दुर्घटना हुने ठाउँलाई इन्जिनियरिङ भाषामा ‘ब्ल्याक स्पट’ भनिन्छ । यस्तो स्थानमा दुर्घटनाका कारण र न्यूनीकरण गर्नका लागि गरिने अध्ययनलाई भने ‘ब्ल्याक स्पट आइडेन्टिफिकेसन’ भनिन्छ । यस्तो अध्ययनमा दुर्घटना हुने सम्भावित कारण पत्ता लगाउने र हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न अपनाउनुपर्ने मापनहरू सिफारिस गर्ने गरिन्छ ।

अध्ययनबाट आएका सुझाबलाई दुर्घटना न्यूनीकरणका लागि कार्यान्वयन गर्ने योजना रहेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । त्यस्तै, ब्ल्याक स्पटमा पर्नेमध्येको एक  आर्यभञ्ज्याङ–राम्दी सडकखण्डलाई हेर्ने डिभिजन सडक कार्यालय तानसेन, पाल्पाका प्रमुख सुजन अधिकारीले सडक  अधिक घुमाउरो ९टर्निङ० भएको हुँदा  दुर्घटनामा  पर्ने गरेको जानकारी दिए ।

तर, पछिल्लो  दुई वर्षमा धेरै सुधार गरिसकेको डिभिजन कार्यालयको दाबी  छ । ‘सडकको छेउतिर प्यारापिट वाल लगाइएको छ, रातको समयमा सडक टल्कने व्यवस्था गरी दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको छ,’ उनले भने ।

यसकारण हुन्छ यी सडकखण्डमा बढी दुर्घटना
सार्प बेन्डिङ:  यी सडकखण्डमा सवारीसाधन घुमाउन सक्ने गरी बाटोको नक्सांकन गरिएको छैन । प्राविधिक क्षमताले थेग्न सक्नेभन्दा पनि सीधै घुमाउरो सडक निर्माण गर्दा बढी दुर्घटना हुने गरेको छ । दाङखबरबाट

साँघुरा सडक: सडकको चौडाइ कम हुँदा पनि दुर्घटना भएको ‘ब्ल्याक स्पट आइडेन्टिफिकेसन’ अध्ययनले देखाएको छ । जहाँ सडक साँघुरो छ, त्यहीँ बढी दुर्घटना भएको अध्ययनले देखाएको छ । अर्को दिशाबाट आइरहेको सवारीसाधन देख्न नसक्नाले पनि दुर्घटना भइरहेका छन् ।

उच्च गति: ब्ल्याक स्पट पहिचान गरिएका सडकमा सवारीको उच्च गतिको कारण पनि दुर्घटना भएको पाइएको छ । सवारीसाधन चालकको नियन्त्रणबाहिर रहँदा दुर्घटना हुने देखिएको छ ।

ट्राफिक संकेत र ‘रोड मार्किङ’ नहुनु स् सडक विभागले गरेको अध्ययनले बढी दुर्घटना हुने स्थानमा ट्राफिक संकेत र ‘रोड मार्किङ’को अभावलाई पनि महत्वपूर्ण कारण मानिएको छ । दाङखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger